Siraha Times
ताजा समाचार

कर्जन्हा नगरपालिकाको विवाद उत्कर्षमा, सर्वदलिय समितिद्धारा सुचना माँग

  • साउन १८, २०७५
  • १२०३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पण्डित सिरहा, १८ साउन । विगत केहि महिनादेखि जारी रहेको कर्जन्हा नगरपालिकाको विवाद उत्कर्षमा पुगेको छ । विकृति विसंगति रोक्ने उदेश्यले नगरपालिमामा भइरहेको गतिविधिको पारदर्शी रुपले सार्वजनिक गर्न माँग गर्दै स्थानिय राजनितिक दलका अगुवा नेता कार्यकर्ताहरुले विभिन्न सुचना तथा विवरण उपलब्ध गराउन नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । स्थानिय राजनितिक दलहरुले नगरपालिका स्तरीय १९ सदस्य सर्बदलिय समिति गठन गरी आ.व. २०७४÷०७५ मा वडा तथा नगरस्तरीय बिनियोजन भएका बजेट, योजना ईस्टिमेट र खर्चको विवरण लगायत ६ बुँदे माँग पत्र नगरपलिकामा बुझाएका छन् ।

karjnaha napa  (2)
समितिले विहिवार नगरपालिकाको मुल गेटमै पत्रकार सम्मलेन गरी आ.व. २०७४÷०७५ मा वडा तथा नगर स्तरीय खरीद गरेका जिन्सी, सवारीसाधन र लागेको खर्च विवरण, आ.व. २०७५÷०७६ को योजना, नीती तथा कार्यक्रमको विवरण, कन्टेन्जेन्सी वाप्नत कटाएको रकमबाट भएको काम र लागेको खर्चको विवरण, न्यायिक समितिको कार्य प्रगति विवरण र करको विवरण माग गरेका छन् । समितिको संयोजक राम औतार राईको नेतृत्वमा गएको टोलीले नगरपालिकाका मेयर गंगा पासमान र उमेयर ज्ञानु श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै माँग गरिएको सुचना उपलब्ध गराउन आग्रह गरेका छन् ।

karjnaha napa  (3)

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस बिज्ञप्ती मार्फत नगरपालिकामाथी १५ बुँदे समितिले आरोप लगाएका छन् । समितिले नगरका ११ वटा वडामा एक लाखका दरले विनियोजित ११ लाखको बजेट बिना निर्णय वडा नं. ६ को एक पोखरीको पुनः निर्माणमा खर्च गरी अनियमितता गरेको, लोक सेवाको परीक्षा तयारी गर्न ५ लाखको बजेटमा ३ लाखको किताब मात्र खरिद गरी बजेट दुरुपयोग गरेको, निर्णय बिना वडा नं. ६ को वेतहामा सडक निर्माण गर्न लगाई भ्रष्टाचार गरेको, आन्तरिक कोषबाट सवारी साधन खरिद गरी अख्तियार दुरुपयोग गरेको, आ.व. २०७४÷०७५ को यथार्थ आय–व्यय विवरण प्रस्तुत नगरी १ करोड ५० लाख अघिल्लोबाट ल्याएको देखाई बजेट अपचलन गरी भ्रष्टाचार गर्न खोजेको र नगरपालिका भवनमा आगजनी गरेका दोषीहरुलाई पता लगाउन नसकेको लगायतका १५ बुँदे आरोप नगरपालिकामाथी लगाएका छन् ।

karjnaha napa  (4)

मेयर गंगा पासमान ज्ञापन पत्र बुझ्दै माँग गरेको सूचना उपलब्ध गराउन आफु तयार रहेको प्रतिक्रिया दिएका छन् । माग गरिएको सूचनाहरुको विवरण छिट्टै उपलब्ध गराउने भन्दै मेयर पासमानले कामको कागजातहरु दुरुस्त रहेकोले सूचना दिन कुनै समस्या नरहेको दाबी गरे । कर्जन्हा नगरपालिकामा विकास निर्माणका कार्यहरु रोक्न र दलित मेयरलाई बदनाम गर्न केहि तत्वहरु नै सकृय रहेको समेत उनले आरोप लगाए ।

karjnaha napa  (5)
उपमेयर ज्ञानु श्रेष्ठले समितिले माँग गरेको विषय जायज रहेकोले छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन् । लामो समयदेखि नगरपालिकाका कार्यकारी अधिकृत रमेश दास कार्यालयमा उपस्थित नहुँदा कार्यालयका कामकाज लथालिङ्ग भएको र मेयरसंग मिलेमतो गरी काम गरिरहेको उपमेयर श्रेष्ठले आरोप लगाए । अधिकृत दास कार्यालयमा नआएको अवस्थामा पनि हाजिरी गरिरहेको समेत उनले बताईन् ।समितिमा नेपाल कम्युनिष्ट पार्टी, संघिय समाजबादी फोरम, नेपाली कांग्रेस, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनर्माचा नेपाल र नागरिक समाजका प्रतिनिधिहरु गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१