काठ चोरीमा गोलबजार नगरपालिकाको समेत संलग्नता रहेको स्थानीयको आरोप

काठ चोरीमा संलग्न रहेको वडा अध्यक्ष कामतीलाई स्थानीय द्धारा कार्बाहीको माँग

  • आश्विन २१, २०७८
  • ६४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ असोज - सिरहाको गोलबजारनगर वडा नम्बर ९ मा भएको काठ चोरीमा नगरपालिकाको समेत संग्लनता रहेको स्थानीयको आरोप रहेको छ्। सरकारी टाँचा लागेको सखुवाको गोलिया काठ चोरीमा संलग्न रहेको गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामतीलाई नागरिक समाज गोलबजारले कडा कारबाहीको माँग गरेका छन् । गोलबजार नगरपालिका ९ स्थित रहेको जोभा वनबाट सखुवा काठको घाटगद्दी गरिएकोबाट टाँचा नम्बर ३४÷१ को सखुवा काठ चोरीमा वडा अध्यक्ष कामती कैै संलग्नता रहेको भन्दै वडा अध्यक्ष कामतीलाई हिरासतमा लिई अनुसन्धान गर्न स्थानीयको जोडदार माँग गरेको छ।

Open Photo

स्थानीयले पत्रकार सम्मेलनमा करोडौ रुपैयाँ भन्दा बढीको सखुवा गोलिया चोरी भएको छ्।वडा अध्यक्ष कामतीको जग्गामा घाटगद्दी गरी उक्त काठ राखीएको थियो। उक्त ठाउँमा हाल १० लाख बराबरको काठ समेत नरहेको स्थानीय नागरिक समाजको आरोप रहेको छ। असोज ११ गते राती गोलबजार नपाको जेसीबी प्रयोग गरी सखुवाको गोलिया चोरीमा संलग्न रहेको वडा अध्यक्ष कामती कैै निर्देशनमा काठ चोरीभएका छन् । असोज ११ गते राती ९ बजे गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबीमा चालक श्रवण कुमार साहले सखुवा काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा स्थानीयहरुले काठ, जेसीबी र चालक सहित ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको थियो ।

Open Photo

जेसीबी चालक श्रवण कुमार साहले यसमा आफू कुनै दोषी नरहेको भन्दै मलाई वडा अध्यक्ष कामतीले नै काठ लोड गरेर लैजान भनेपछि, लगिएको ईलाका प्रहरी कार्यालय मिर्चैयामा चालक साहले ब्यान दिएका थिए। ईलाका प्रहरी कार्यालय मिर्चैयाले आवश्यक कारबाहीको लागि काठ, जेसीबी र चालक सहित डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएपछि जिल्ला अदालत सिंरहाबाट दोस्रो पटक म्याद थप गराई अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले बताए । सव डिभिजन वन कार्यालय मिर्चैयाका प्रमुख सत्यनारायण यादवले गोप्य अनुसन्धानको लागी वनबाट खटाएको प्रमुख दासले बताए ।

Open Photo

अनुसन्धान अधिकृत यादवको टोलीले स्थानीयहरुसंग स्थलगत मुचुल्का स्थलगत अनुगमन नगरी मुचुल्का उठाएको स्थानीयको आरोप रहेको छ। काठ चोरीमा संगलन रहेको जुन सुकै संस्था वा ब्यक्तिलाई जोड दार रुपमा माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१