वडा अध्यक्षद्धारा पत्रकारमाथि दुर्ब्यबहार

  • असोज १३, २०७८
  • ७३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान असोज १३ - वनको काठ चोर्न लगाउने सिरहाको गोलबजार नगरपालिका ९ का वडाध्यक्ष रामपुकार कामतीले पत्रकार गणेश साहमाथि हातपात गरेका छन् । नेपाल पत्रकार महासंघ सिरहाका उपसभापति समेत रहेका पत्रकार साहमाथि वडाध्यक्ष कामतीले ईलाका प्रहरी कार्यालय मिर्चैयामै हातपात गरेका हुन् । पत्रकार साहले काठ र जेसिबीसहित पक्राउ परेका चालकमाथि कारबाही गर्न प्रहरीलाई अनुरोध गरेपछि वडाध्यक्ष कामतीले आफूमाथि हातपात गरे ।’ सोमबार राति वनबाट सालको काठ चोरी गर्दागर्दै ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाएको थियो । तर प्रहरीले आवश्यक कारबाहीका लागि अहिलेसम्म वन कार्यालयमा बुझाएको छैन । प्रहरीको नियन्त्रणमा रहेको जेसिबी गोलबजार नगरपालिकाको रहेको छ । पक्राउ परेका जेसिबी चालकले वडाध्यक्ष कामतीको निर्देशनमा काठ चोर्न लागेको बयान दिएका छन् । यद्दपी गोलबजारका मेयर र आरोपी वडाध्यक्ष कामती जेसिबी र चालकलाई छाड्न प्रहरीलाई दबाब दिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१