Siraha Times
ताजा समाचार

वडा अध्यक्षद्धारा पत्रकारमाथि दुर्ब्यबहार

  • असोज १३, २०७८
  • ७९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान असोज १३ - वनको काठ चोर्न लगाउने सिरहाको गोलबजार नगरपालिका ९ का वडाध्यक्ष रामपुकार कामतीले पत्रकार गणेश साहमाथि हातपात गरेका छन् । नेपाल पत्रकार महासंघ सिरहाका उपसभापति समेत रहेका पत्रकार साहमाथि वडाध्यक्ष कामतीले ईलाका प्रहरी कार्यालय मिर्चैयामै हातपात गरेका हुन् । पत्रकार साहले काठ र जेसिबीसहित पक्राउ परेका चालकमाथि कारबाही गर्न प्रहरीलाई अनुरोध गरेपछि वडाध्यक्ष कामतीले आफूमाथि हातपात गरे ।’ सोमबार राति वनबाट सालको काठ चोरी गर्दागर्दै ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाएको थियो । तर प्रहरीले आवश्यक कारबाहीका लागि अहिलेसम्म वन कार्यालयमा बुझाएको छैन । प्रहरीको नियन्त्रणमा रहेको जेसिबी गोलबजार नगरपालिकाको रहेको छ । पक्राउ परेका जेसिबी चालकले वडाध्यक्ष कामतीको निर्देशनमा काठ चोर्न लागेको बयान दिएका छन् । यद्दपी गोलबजारका मेयर र आरोपी वडाध्यक्ष कामती जेसिबी र चालकलाई छाड्न प्रहरीलाई दबाब दिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस

जब श्रिमान् घरमा किन ...

नविन चौधरी लहान जेष्ठ २७ । अलिकति खेतिपाती, तरकारी बेचेर कमाएको रकमले घरपरिवारको दैनिक जिवनयापन ...

कृष्णनगरबाट कर्तब्य ...

कपिलवस्तु, जेष्ठ २७ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फर ...

स्थानीयको जनश्रमदान ...

विनोद अविरल,​जेठ २७, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर-१२, कालापानीस्थित ऐतिहासि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१