मेयर मुनीको निर्देशनमा नागरिकमाथी प्रहार, लहान तनावग्रस्त

  • असोज १३, २०७८
  • १६४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान १३ असोज । विकास निर्माणप्रति सबैको मनसाय सकारात्मक नै रहन्छन् । तर, बर्षोदेखि गरिखादै आएका व्यक्तिलाई रोजीरोटी मारिदिएपछि आक्रोशित हुनु स्वभाविक नै हो । आज यस्तै अवस्था सृजना भएको लहान ५ स्थित हाटबजारमा गरिखादै आएका सयौं घरपरिवारलाई लहान नगरपालिकाका मेयर मुनी साहले बेसहारा बेरोजगारको खाडलमा जाक्दैछन् । जहाँ नगरपालिकाले हाटबजारमा रहेको घरटहरा हटाउँदा भत्काउँदा अर्को व्यवस्था गरि मात्रै तोडफोड गर्ने सम्झौता गरेका थिए । अर्कातर्फ अदालतको निर्णय विपरित तथा सम्झौता भंग गरि असोज १२ गते लहान नगरपालिकाका मेयर मुनी साहको निर्देशनमा दर्जनौ नागरिकमाथी नगर प्रहरीले कुटपिट गरेका छन् । नगर प्रहरीको लाठी प्रहारबाट गुडिया खातुन, रामऔतार शर्मागरी दर्जनबढीको हातखुट्टा टाउँकोमा गम्भिर चोट लागेको छ । प्रहरीको प्रहारबाट बालबालिका र महिला समेत घाईते भएका छन् । अधिकाँशको टाउँकोमा प्रहार गर्दा दर्जनौ टाँका लागेको एकीकृत समाजवादीका नेता सत्यनारायण यादवले बताए । आज विहान नगर प्रहरी, सशस्त्र प्रहरी, जनपद प्रहरीको संरक्षणमा लहान ५ स्थित रहेको हाटबजारको घरटहरा भत्काउँदा स्थानीयवासीसहित चार राजनीतिक दलका प्रतिनिधिले प्रतिकार गरेका थिए ।

हामी विकास विरोधी होइन्, जनताको रोजीरोटीको व्यवस्था गरेर भत्काउँने बनाउँने काम गरेको भए प्रतिकार गर्ने आवश्यकता नै छैन । हामी विकास निर्माण कार्यको स्वागत गर्छौ नेपाली काँग्रेसका लहान नगर समितिका अध्यक्ष सुनिल महतोले बताए । विकास हामीलाई चाहेको छ , आज ४० बर्षदेखि गुजरा गरिरहेका त्यस हाटबजारका मानिस अब वेरोजगार हुने अवस्था पुगे । यिनीहरुको व्यवस्थापन गर्न नगरप्रमुखको दायित्व हो की होइन ? जहाँ रोजगारी दिनुपर्ने हो तर, मेयर मुनीले बेरोगार बनाउँने गरेकोले प्रतिकार गर्न बाध्य भए लहान उद्योग वाणिज्य सँघका अब्दुल करिमले बताए । नेकपा माओवादी लहान नगर कमिटीका अध्यक्ष विजय गुप्ताले मेयर मुनीले आफ्नै घरको पछाडि रहेको सार्वजनिक जग्गा कब्जा गरेर राखेका छन् । त्यो सार्वजनिक जग्गामा व्यवस्थापन गरी यिनीहरुलाई रोजगारी दिएको भए हामी प्रतिकारमा उत्रिने कुनै बाध्यता नै छैन । मेयर जस्तोले जग्गा कब्जा गरेर जनतालाई दुःख दिनु लजास्पद हो गुप्ताले बताए । लहान नगरपालिकापक्षले अदालत आफ्नो ठाउँमा छ । त्यस हाटबजारका अधिकाँश घरटहरावालाको स्वीकृतीमा निर्माण कार्यको अगाडि बढाएको हो । प्रतिकारमा उत्रिएकालाई कुटपिट गर्नु हुँदैन्थ्यो । समान्य चोटपटक लागेको होला । नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर मुनी साहको कार्यवधी केही महिनामा सकिने भएपछि यो काम अधुरो नै रहने भएकोले हतारमा निर्माण विकास गर्नुपर्ने जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

रोट्र्याक्ट क्लब अफ ...

रंजित चौरसिया,वीरगंज १८ भदौं। नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेड वीरगंज स्थित एक अग्रणी स्वास्थ्य सं ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१