Siraha Times
ताजा समाचार

नगरपालिकाको ठेक्का लापर्वाही कायमै

  • असोज ३, २०७८
  • ९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।असोज ३ गते। नगरपालिकाको लापरवाहीको कारण आम मानिसले कष्ट भोग्न विवस भएका छन् । नेपाल सरकारले आषाढ ,साउन र भदौ सम्मको लागि नदीजन्य पदार्थको उत्खनन्को लागि रोक लगाउने वार्षिक तालिका रहेतापनि स्थानिय सरकारको चरम लापरवाहीको कारणले गर्दा यतिबेला स्थानिय जनता निर्माण कार्यबाट वञ्चित भएका छन । सिरहाको धनगढी माई नगरपालिकाको सीमा क्षेत्र भित्र रहेको स्थानिय नदीहरू गागन , सर्रे खोला असोज १ गतेदेखि खुल्नु पर्ने हो तर नगरपालिकाले ठेक्काको कारण देखाई भदौ ३१ गते स्थानिय वडा कार्यालय लगायत ईलाका प्रहरी कार्यालय ठटीया लाई पत्र पठाइ नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपछि स्थानिय स्तरमा निर्माण हुने भवन ,घर लगायतका कुराहरू एकातिर प्रभावित भएको छ भने अर्कोतिर लाखौंको पूँजी डुबाएर ऋणको किस्ताको मारमा परेका गाड़ी मालिकहरू चिन्तित बनेका छन् । received_393033955559505 नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ," यस धनगढीमाई नगरपालिका वडा नं ६ र ७ क्षेत्र भित्र पर्ने गागन खोला तथा १२ र १३ भित्र पर्ने सर्रे खोलाको प्रारम्भिक वातावरणीय परीक्षण भएको क्षेत्रको नदीजन्य पदार्थको ढुङ्गा , गिट्टी ,वालुवा तथा भरौट माटो उत्खनन् संकलन तथा बिक्री कार्यको लागि ठेक्का बंदोबस्त गर्ने बोलपत्र आह्वान गर्ने प्रक्रियामा रहेकोले उक्त मूल्यांकन तथा ठेक्का सम्झौता नभएसम्म उक्त कार्य कानुन विपरीत भएकोले कानुन बमोजिम कारवाही भैजाने भनी भनिएको नगरपालिकाको अवैधानिक सूचनाप्रती अाम उपभोगता आक्रोशित भएका छन । वास्तविकता हेर्दा नगरपालिकाले कहिलेसम्म ठेक्का सम्झौता गर्नुपर्ने हो ? सरकारले खुला गरिसकेपछि स्थानिय सरकारले खोल्नु पर्छ कि पर्दैन ३ महिनासम्म सुतेर बस्ने अनि नदी खोला खोल्नुपर्ने बेलामा सूचना जाहेर गर्ने दोषी बनेका नगरपालिकालाई कानुनी दायरामा ल्याउन जरुरी छ साथै सर्रे खोलाको किनारमा रहेको लहान २४ गोविन्दपुर मलहनमा भन्ने ठाउँबाट नदीजन्य पदार्थको ढुवानी जारी रहेको छ । धनगढीमाई नगरपालिकाको यस्ता निर्देशनप्रति आक्रोशित बनेका गाड़ी धनीहरुले तत्काल खोला अनुमति नदिए आफूहरु जबर्जस्ती नदीजन्य पदार्थको ढुवानी गर्ने बताएका छन् ।                                      received_2920826101375053

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१