Siraha Times
ताजा समाचार

शाही शैलीका मन्त्री मातृका यादव विरुद्ध मिर्चैयावासी सडक तताउंने

  • असार २५, २०७५
  • १३४४ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक दिनेश्वर गुप्ता लहान, २४ असार । यस्ता मन्त्री जसले जग्गा विवादमा आफ्नो पद धरापमा पारे । पार्टी फोडेर अलगै पार्टी बनाए । फेरी प्रचण्ड अध्यक्ष रहेको माओवादी पार्टीमा एकीकरण गरे । मधेश आन्दोलनका सहिद रमेश महतोको लाश लुटेर लगे । छोरी ज्वाईको विवादमा घरायसी होली खेले । आज माओवादी र एमालेको सहवासले बनेको नेकपाको तर्फबाट पूनः मन्त्री पड्काउंन भ्याएका छन् । उनी हुन मधेश विरोधी आपूर्तीमन्त्री मातृका यादव । मन्त्री भएपछि करोडौको खेल गरेर यत्तिबेला करोडपति बनेका छन् मन्त्री यादव । मन्त्री त बने तर, शैली शाही आकारको बोकेकै छन् । भूमिगत रहंदा जनताको लागि आवाज उठाउंने तर मन्त्री भएपछि शाही शैलीको रवाफ देखाउंने मन्त्री यादवले फेरी नौटंकी शुरु गरेका छन् । त्यो पनि समाजमा बर्जित डिजे बाजा र आतिसवाजसंग । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक दिपक खडका शान्ति सुरक्षा कायम राख्न मिर्चैया क्षेत्रमा अहोरात्री खटिरहेको बेला खड्कालाई सरुवा गर्न आफ्नो पावर प्रयोग गरिहाले । खड्का मिर्चैया प्रहरीमा आएको एक महिना जति भएको छ । उनलाई शाही शैलीमा सरुवा गर्न मन्त्री यादवले ज्यान त्याग गर्न धम्की गृहमन्त्रीलाई दिएको छ । गृहमन्त्री विवश भएर खड्कालाई सरुवा गरेको चर्चा छ ।

केही दिन अगाडि तामझामका साथमा सिरहाको मिर्चैयामा एउटा विवाह सम्पन्न भयो । त्यस भड्किलो विवाहमा भोजपुरीको अश्लिल गीतमा डिजे बजाएर गाउंलेलाई सास्ती दिइरहेका मन्त्री यादवका आफन्तलाई रोक्न प्रहरीमा खबर गयो । प्रहरीले तत्काल रोक्न सफल भए । उता, शाही शैलीका आपूर्तिमन्त्री मातृका यादवले प्रहरीले लगिएका बाजागाजा फिर्ता लिन आफै पनि पुगे । त्यति मात्रै कहाँ हो र ? आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मान्छेलाई अश्लिल भोजपुरी गीत बजाउन, पटका पड्काउन, हल्ला गर्न नदिने तपाँई को हो भन्दै डिएसपी दिपक खड्कालाई तथानाम गाली गरेछन् । यो घटना सेलाउन नपाउदै अर्को एउटा घटना घट्यो । स्थानीय गाउलेबीच झै–झगडा भएर हात हालाहाल भएछ । उक्त घटनामा एकपक्ष मन्त्री मातृकाका मान्छे परे ।मन्त्री पक्षधरले सामान्य झै–झगडाको घटनालाई अर्को पक्ष बिरुद्ध घटनालाई तोडमोड बढाइ–चडाइ गरी यो घटनालाई डकैती र ज्यान मार्ने उद्योगको मुद्दा बनाएर दर्ता गर्न प्रहरीलाई दबाब दिए । प्रहरीले दुबै पक्षलाई राखेर स्थानीयबासीसंग यो घटनाको सत्यतथ्य बुझ्दा सामान्य झै–झगडा हात हालाहाल भएको जानकारी पाएका थिए । तर डकैती र ज्यान नै मार्ने तवरले प्रेरित घटना नभएको ठहर छ ।

डिएसपी दिपक खड्काले झुठा मुद्दा दर्ता नगर्ने

डिएसपी दिपक खड्काले झुठा मुद्दा दर्ता नगर्ने र निर्दोषलाई बिना कसुर कारबाही गर्न नमिल्ने, जे भएको त्यही अनुसार कानून सम्मत मुद्दा मात्रै दर्ता गराउन मिल्ने भनेपछि मन्त्री यादव शाही शैली प्रयोग गर्न थाले । डिएसपी दिपक खड्काले शान्ति सुरक्षाको सवालमा कसैलाई टेरपुच्छर नलगाएपछि उनको बिरुद्ध रातारात सुनियोजितपूर्ण तवरमा षड्यन्त्र रचियो । उनको चरित्र हत्या गर्न मिडियाबाजी गर्न लगाएको छ । डकैती र ज्यान मार्ने उद्योग मुद्दामा पैसा घुस खाएर मेलमिलाप गरायो भन्ने डिएसपी खड्कामाथी जाल बुन्न थालिएको छ । त्यति मात्रै हैन अस्ति राती मात्रै नेकपाका स्थानीय नेता र आपूर्तिमन्त्री मातृका यादवको दबाबमा रातारात डिएसपी दिपक खड्कालाई सरुवा गर्न सरुवापत्र तयार गरिएको छ । मिर्चैया ३ मा असार ११ गते राती ढिलो जन्ती आएको भन्दै स्थानीय जीवछ यादव, जयप्रकाश यादव, पप्पु यादव, सते यादवलगायतका युवाहरुले जन्ती गाडीलाई रोकेर विवाद गरिएको हो । विवादमा केटीपक्षका ८ र स्थानीय २ जना घाईते भएका थिए । प्रहरीले विवाद गर्ने दुवैपक्षका दूई दूई जना पक्राउ गरियो । यिनीहरुलाई सार्वजनिक मुद्दा अन्तरगत हिरासतमा लिएको छ । तर, मन्त्री यादवले ज्यान मार्ने मुद्दा हाल्न शाही शैलीमा प्रहरी खड्कालाई निर्देशन दिए । तर, खड्का नमानेपछि उनलाई सरुवाको धम्की दिएको छ । अपराधी तथा डांका लुटेराको प्रमाणित अदालतले फैसलामा सुनाउंने गर्छन् । तर, खगेन्द्र यादवलगायत आधा दर्जन युवालाई मन्त्री यादवपक्षले डांका भनेर मिडियावाजी गर्न लगाएको छ । खगेन्द्र यादवले भने ‘ समाजमा शान्ति सुरक्षामा सहयोग गर्ने म कसरी भए डांका ? ’‘म न्याय पाउंनुपर्छ ।’‘मेरो चरित्र हत्या भएको छ ।’उनी आफु निर्दोष ठहर गर्दै शान्ति सुरक्षामा जोड दिएका छन् । यसैबीच, मिर्चैयाक्षेत्रमा मन्त्री यादवको शाही शैलीप्रति स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयहरु एक पत्रकार सम्मेलन गरी मन्त्री यादवको शाही शैली विरोध सडकमा उत्रिने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१