Siraha Times
ताजा समाचार

मिर्चैया नगरपालिका जग्गा कटान नियन्त्रणमा उदासीन;मेयर यादवका हर्कतका कारण नगरवासीलाई सास्ती

  • भदौ २१, २०७८
  • १००६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान-भदौ  २१ गते। सिराहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव र वडा अध्यक्ष दिनेश यादवका करतुतका कारण कुथनमा जिवा नदी छेउका घरबस्तीका घर धनीहरुको जग्गा कटान हुने क्रम देखिएको छ। तर निर्वाचित नगर प्रमुख श्रवण यादवलाई कुनै चासो नदेखिएको स्थानीयको आरोप छ। नदी किनारमा बसोवास गर्दै आइरहेका घर धनीहरुका घर जग्गा कटान पर्न थाले पछि स्थानीय दु:खी भएको देखिन्छ । उनीहरू निकै समय देखि जिवा नदीको पुर्वपट्टीका भागमा बसोवास गर्दै आइरहेका छन।बाढी पहिरोका समयमा साह्रै अप्ठ्यारो र रातभर जाग्राम बसिरहेको अवस्था छ। तर पालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई पटकपटक निवेदन दिए पनि कुनै सुनवाइ केही देखिएनन् । बाढी पहिरोले विशेषत: पुर्वपट्टीका घरधुरी रामएकवाल , मेधनाथ पासवान एकदमै समस्यामा देखिन्छ । उनका छोरा बाढीले हदैसम्म क्षति गरेको उपेन्द्रले बताए । स्थानीयले गाउँमा पञ्चायत व्यवस्था हुदा देखि नै बाटोका लागि र नदी तटबन्ध व्यवस्था गरिदिन अनुरोध गरिदै आइरहेका छन। स्थानीय सरकार हुँदा पनि उनीहरूको सडक निर्माण र नदीमा तटबन्धको कुनै आस नरहेको स्थानीयहरुको भनाइ छ। गत वर्षको साउन १७ गते अजित पासवानले पनि बाटोका लागि नगरपालिका प्रमुख श्रवण यादवलाई भेटेर पत्रचार गरेका थिए। तर पनि परिणाम स्वरुप केही चासो देखिएनन् । त्यसैगरी नगर प्रमुख यादवले जनतालाई दिइएको होमपाइप विना जथाभावी बाटो काटेर लगाएकोमा जनमत पार्टीले यस अघि आरोप समेत लगाएको देखिन्छ । वडा न. ५ दरवार टोलका वडा अध्यक्ष जनताको अधात हुने गरि काम गरिएको देखिन्छ । यतिमात्र होइन्न , गत सप्ताह मिर्चैया बजारमा नै पानी पसेको अवस्था देखिएको थियोे । यसको पुर्ण जिम्मेवारी नगरपालिका प्रमुख श्रवण यादवले लिनुपर्छ भन्ने स्थानीयको भनाई रहेका छन।

Open Photo

Open Photo

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१