मेयर औकात दिखाउँदै ; सर्वसाधारण  ज्यान बेहोर्न तयार

  • भदौ १६, २०७८
  • ९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार।लाहान-भदौ१६ गते। सिराहाको पुर्व पश्चिम राजमार्ग छपराडी बजार देखि करिब ६ किलो  मिटर उत्तरमा पर्ने धनगडीमाई नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका जोड्ने सडक खण्डको अवस्था कहालीलाग्दो रहेको देखिन्छ । बाखर र रामपुर गाउँको बिचमा पर्ने उक्त सडक दुबै  सीमा नजिक रहेको छ।अर्थात  साईन बोर्ड नजिकै रहेको हेर्न सकिन्छ । सोमबार बाटोमा आउँदै गर्दा एम्बुलेन्स हिलोको दलदलमा फसेको देखिएका थियौ।स.१च.६५९ उक्त एम्बुलेन्स लहान देखि लक्ष्मीपुर पतारी गाउँपालिका सम्मका लागि जादै थियोे । उक्त बाटोमा जावतजावत गर्न पुर्ण रुपमा सास्ती भोग्नु परेको स्थानीयहरुको आरोप रहेका छन। तर , पालिका प्रमुखको  कुनै किसिमको चासो रहेको छैन । अहिले मेयर आफ्नो अौकात देखाएको रहेको अवस्था छ , अनि त्यसको प्रतिफल जनता स्वयं खेपिरहेका छन। करोडौंका अनियमितता लागेको पालिका प्रमुख अहिले मस्त निद्रामा सुतिएको अनुमान लगाउन सकिन्छ । तर , निमुखा जनताको पैसा ;- मात्रै होइन ज्यान लिन समेत उत्रिएको प्रत्यक्ष अनुमान लगान सकिन्छ । समय जस्तो भएपनि बाटोलाई सुधार्नु पर्ने पालिकाको प्रमुख कर्तव्यबोध गराउँछ ।नव आगन्तुक  बच्चा कसैको केही बिगारेको हुदैन , त्यसैले एम्बुलेन्सलाई आवतजावत व्यवस्था मिलाऊ स्थानीय सरकार? दलदलमा फसेका एम्बुलेन्स देखेर स्थानीय तथा ट्राक्टरको सहयोगमा दलदलबाट माथि झिकिएको थियोे । यदि मेयरले बाटो मर्मत सम्भार गरेन्न भन्ने स्थानीयले पालिका विरुद्ध सडकमै सडक घेराउ गर्ने अवस्था देखिन्छ । वारुण नियन्त्रण दमकल , एम्बुलेन्स जस्ता उपकरण कारण केही दिने अघि सप्तरीमा घर नै जलेर सखाप भएको अवस्था अगाडि नै रहेको छ। यदि सानो सानो गल्ती सुधारेन्न भने , ठुलो गल्तीको आरोप लाग्ने अवस्था देखिन्छ । त्यसैले शिक्षा , स्वास्थ , खानेपानी , यातायात बाटोघाटो जस्तालाई यथा सीर्घ ध्यानमा ल्याने अवस्था देखिन्छ । फेरी पनि जनता माथि जान लेवा हमला नगर्न मेयरलाई समाजको तर्फबाट अनुरोध रहेको छ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी वडा नं. ...

ओम प्रकाश यादव, लहान अषाढ २७ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा आ.व. २०८१/८२ को ...

श्री मावि पडरिया थार ...

ओम प्रकाश यादव, लहान, असार २७ । शिक्षा क्षेत्रमा प्रविधिमैत्री र नविनतम अभ्यासलाई आत्मसात गर्ने क्रम ...

बालश्रम मुक्त स्थानी ...

रहमुल लहान २७ असार । सिरहाको लहान बिशाल होटेलको सभा हलमा "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१