Siraha Times
ताजा समाचार

कर्जन्हा : स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण

  • असार १७, २०७५
  • ९३६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १७ असार । स्थानिय सरोकारबालाहरुको एक दिने स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम कर्जन्हा नगरपालिकामा सम्पन्न भएका छ । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी दिएर धेरै भन्दा धेरै नागरिकको विमा गराउने उदेश्यका साथ शनिबार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य बिमा किन गर्ने, यसको उदेश्य र फाइदा, बिमाबाट कस्तो किसिमको बिरामीले उपचार गर्न पाउने र कस्तो बिरामीले उपचार गर्न नपाउने भन्ने बिषयमा जानकारी गराइएको थियो ।  
सामुदायिक स्वास्थ्य बिमा कार्यक्रमले अति गरिबहरुलाई स्वास्थ्य सेवामा शत प्रतिशत, गरिबलाई ७५ प्रतिशत र सिमान्तकृत गरीबहरुलाई ५० प्रतिशत छुट दिने गरिएको छ । सरकारले सञ्चालन गरेको २५ सय रुपैयाँको स्वास्थ्य बिमामा गरेमा ५० हजार सम्मको उपचार गर्न उपलब्ध हुने व्यवस्था छ । 
 
कार्यक्रममा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान, उपमेयर ज्ञानु श्रेष्ठ, स्वास्थ्य बिमाका प्रदेश २ का प्रमुख रमेन्द्र कुश्वाहा, दर्ता अधिकारी पशुपति चौधरी, मन्जु लामा, सम्भना साह र कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शिबदयाल महतो लगायतका उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१