लगातारको वर्षाले मिर्चैया जलमग्न (फोटोफिचर)

  • असार १७, २०७५
  • १५३१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १७ असार । लगातारको बर्षाले मिर्चैयाको बिभिन्न चौकमा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । शनिबार देखि भईरहेको बर्षाले मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकाले आवतजावतमा समस्या भईरहेको छ । 
नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा पुर्ब पश्चिम लोकमार्गमा समेत पानी जमेकोले सबारीसाधन आगमनमा समस्या भईरहेको छ । मिर्चैयामा नाला निर्माणका लागि खनिएका खाल्डोहरु अधुरै रहेकोले स्थानिय व्यबसायीहरुको पसलको अगाडी पानी जमेकोले थप सकस भएको छ भने मिर्चैयाको थाना चौक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटोहरु जलमग्न र हिलाम्य भएको छ । 

 मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवं कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले हिलाम्य भएको हो । नगर भित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा समान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । 

सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ । पटक पटक यस्ता समस्याहरुले मिर्चैया नगरपालिकाबासी आजित भएपनि नगरापलिकाले समस्या समाधान गर्न खासै चासो देखाएको छैन् । पानीको उचित निकास नहुँदा सर्बसाधारणको घर–घरमा पानी पसेपनि नगरपालिकाले कुनै चासो नदिएको राजपा नेपालका नेतृ चन्द्रकला साहले आरोप लगाए । नगरपालिकाले काम भन्दा कागजी मिलानमा ब्यस्त रहेको श्रोतको दाबी रहेको छ । 
बर्षाले जिल्ला मिर्चैयाको साथै, गोलबजार, लहान, सुखिपुर, कल्याणपुर, बस्तिपुर, धनगढीमाई, सिरहा सदरमुकाम लगायत ग्रामिण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ । 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाका वडा ...

रहमुल, लहान जेठ १ । सिरहाको लहान नगरपालिका अन्तर्गतका २४ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु जेठ ...

युवा संघ पर्सा आफ्नो ...

वीरगंज १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले ...

जनमत पार्टीका नेता ब ...

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१