Siraha Times
ताजा समाचार

लगातारको वर्षाले मिर्चैया जलमग्न (फोटोफिचर)

  • असार १७, २०७५
  • १६६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १७ असार । लगातारको बर्षाले मिर्चैयाको बिभिन्न चौकमा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । शनिबार देखि भईरहेको बर्षाले मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकाले आवतजावतमा समस्या भईरहेको छ । 
नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा पुर्ब पश्चिम लोकमार्गमा समेत पानी जमेकोले सबारीसाधन आगमनमा समस्या भईरहेको छ । मिर्चैयामा नाला निर्माणका लागि खनिएका खाल्डोहरु अधुरै रहेकोले स्थानिय व्यबसायीहरुको पसलको अगाडी पानी जमेकोले थप सकस भएको छ भने मिर्चैयाको थाना चौक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटोहरु जलमग्न र हिलाम्य भएको छ । 

 मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवं कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले हिलाम्य भएको हो । नगर भित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा समान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । 

सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ । पटक पटक यस्ता समस्याहरुले मिर्चैया नगरपालिकाबासी आजित भएपनि नगरापलिकाले समस्या समाधान गर्न खासै चासो देखाएको छैन् । पानीको उचित निकास नहुँदा सर्बसाधारणको घर–घरमा पानी पसेपनि नगरपालिकाले कुनै चासो नदिएको राजपा नेपालका नेतृ चन्द्रकला साहले आरोप लगाए । नगरपालिकाले काम भन्दा कागजी मिलानमा ब्यस्त रहेको श्रोतको दाबी रहेको छ । 
बर्षाले जिल्ला मिर्चैयाको साथै, गोलबजार, लहान, सुखिपुर, कल्याणपुर, बस्तिपुर, धनगढीमाई, सिरहा सदरमुकाम लगायत ग्रामिण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ । 

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१