Siraha Times
ताजा समाचार

असारे बजेटको एक नमुना गोलबजारमा, विकासको नाममा हात्तीको देखाउंने दांत

  • असार १२, २०७५
  • १०२८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

गणेश साह  नवसंग्राम दैनिक लहान ११ असार । सिरहाको गोलबजार नगरपालिकामा बनाउंदै गरेको ढल निकास (नाला) भत्किएको छ । गोलबजार नगरपालिकाले देखावटी विकासको नमुना पेश गर्दा परिणाम चाडै सार्वजनिक भएको छ । ६५ लाखको लागतमा निर्माण भइरहेको पक्कि नालामा कमसल सामाग्री प्रयोग गर्दा समान्य बर्षामा भत्किएको जानकारीमा आएको छ । गोलबजार ४ स्थित निर्माण गर्दै गरेको नालामा तोकिएको सामाग्री प्रयोग नहुंदा भत्किएको स्थानीयहरु बताउंछन् । कम मात्रामा सिमेन्ट र सागर कम्पनीको दोस्रो तहका ईटा प्रयोग गरेकोले उक्त बन्दै गरेको नाला भत्किएको स्थानीयहरुको आरोप छ । 
एक स्रोतका अनुसार मेयर देवनाथ साहले आफन्तका कम्पनीका ईटा प्रयोग गरिएको दावी छ । यसमा प्राविधिकहरुको समेत कमि कजोरी रहेको छ भने नगरपालिकाका कार्यकारी अधिकृतले कमिशन पाएकोले कमसल सामाग्री प्रयोग गर्न बाध्य भएको हो । गोलबजार नगरपालिकाका केही जनप्रतिनिधिहरुले विकासको नाममा व्यापक अनियमितता गरेकोले ठोस काम हुन नसकेको आरोप छ । लक्षितवर्गको कार्यक्रममा समेत गोलबजार नगरपालिकाले कमिशनमा आफ्ना नजिकका संघ संस्थाहरुलाई कार्यक्रम दिएको स्रोतको दावी छ । यत्तिवेला विकासको नाममा गोलबजार नगरपालिकाले हात्तीको देखाउंने दांतको चरितार्थ शैली प्रदर्शन गरिरहेको छ । गोलबजार नगरपालिकापक्षले बर्षाको कारण नाला भत्किाएको हो । अहिले ईंटा र बालुवा सिमेन्ट राम्ररी नजमेको कारण भत्किएको हुनसक्छ । यसलाई चाडै मर्मत गरेर काम अगाडि बढाउंने बताएका छन् । असारे बजेट झ्वाम पार्न गोलबजार नगरपालिकाले ठोस काम नगरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१