Siraha Times
ताजा समाचार

शिक्षा मन्त्रीले गरे मातृभाषामा पठन पाठनको प्रारम्भ

  • असार १०, २०७५
  • ७७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महोत्तरी,९ असार रंजन भण्डारी । संघियता लागु भएयता देशमै पहिलो पटक एक वडाको चार विद्यालयमा मातृभाषा मैथिली विषयको पठन पाठन प्रारम्भ भएको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले महोत्तरीको जलेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित मा.वि. वखरी भाट तथा सोहि वडामा अवस्थित तिन प्रावि विद्यालयका कक्षा एक का वालवालिकालाई मैथिली पुस्तक प्रदान गर्दै उक्त विद्यालयहरुमा मैथिली शिक्षण सुरु भएको घोषणा गरेका छन । 
शनिवार मा.वि. वखरीभाटमा आयोजना गरिएको विशेष कार्यक्रममा उहाले नेपाली पछि देशकै सवैभन्दा वढी वोलिने भाषाको रुपमा मैथिली भएको बताए । उहाले वालवालिकालाई आफ्नै मातृभाषामा पठन पाठन गराउदा वालवालिकाले कुरा चाडै वुझ्ने र सिकाईमा सहजता आउने बताए । 
मन्त्री पोखरेलले मैथिली शिक्षण कक्षा १ मा मात्र नभई अन्य कक्षाहरुमा समेत लागु भए त्यसले वालवालिकाहरुको शिक्षा प्रतिको मोह झनै वढाउने र त्यसले शैक्षिक स्तर सुधार्न थप मद्दत गर्ने वताउदै सकभर सवै विद्यालयले आ आफ्नो स्थानिय मातृभाषा विद्यालयमा लागु गर्न र वालवालिकालाई मातृभाषा अध्ययन गर्न मौका दिनु पर्ने बताए । 
मैथिली शिक्षा प्रारम्भ गर्न जलेश्वरनाथ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामछविला यादवले नगरपरिषदवाटै अनुमोदन गराई विगत केहि महिना देखि मैथिली शिक्षण लागु गर्न प्रयासरत रहेको र आज सो प्रयास सफल भएकोमा मन्त्री पोखरेलले वडाअध्यक्ष,नगरपालिका र विद्यालयलाई समेत शुभकामना दिएका थिए । चारै विद्यालयमा मैथिली शिक्षण र अतिरिक्त कृयाकलापको लागि दुईजना शिक्षा स्वयमसेवक वडा कार्यालयले नै नियुक्त गरेको छ । 
सोहि कार्यक्रममा वोल्दै कार्यक्रमका अध्यक्षता ग्रहण गरेका वडा नं. ७ का वडाअध्यक्ष रामछविला यादवले संघियता पहिचानको लागि भएको र पहिचानको लागि मातृभाषा मुख्य भएकोले आफुले वडाअध्यक्षमा निर्वाचित भएको वेला मैथिलीमै सपथ ग्रहण गरेको र सोहि वेला आफ्नो वडाका विद्यालयहरुमा मैथिली शिक्षण लागु गर्ने घोषणा गरेकोमा आफ्नो संकल्प पुरा भएकोमा साथ दिनु हुने सवैलाई धन्यवाद दिएका थिए । 
यता प्रतिनिधी सभा सदस्य इन्दु शर्मा,प्रदेश सभा सदस्यहरु रानी तिवारी शर्मा,अभिराम शर्मा र शारदा थापाले समेत संघियता पछि पहिलो पटक मैथिली शिक्षण जलेश्वरनाथ नगरपालिकाको वडा नं. ७ बाट सुरु भएकोमा सो आफुहरुको लागि गर्भको कुरा रहेको र यस्तो निरन्तरताका साथै विस्तारै अन्य कक्षाहरुमा समेत लागु हुने आशा व्यक्त गरेका थिए । 
कार्यक्रममा शिक्षा विभागका निर्देशक वावुराम पौडेल तथा अन्य पदाधिकारीहरुका साथै पुर्व सांसदहरु रामकुमार शर्मा,रामदयाल मण्डल शिक्षा समन्वय ईकाई समिति संयोजक शत्रुधन यादव लगायतको समेत उपस्थिति रहेको थियो । 
वडा नं. ७ का श्री मा.वि. वखरीभाट,श्री जिवन माध्यम आधारभुत विद्यालय अन्कार,श्री राष्ट्रिय आधारभुत विद्यालय वेला र श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय महादेवपटटीमा १०० पुर्णांकको अतिरिक्त कक्षाको रुपमा कक्षा १ बाट यसै शैक्षिक सत्रदेखि मातृभाषा मैथिलीमा पठन पाठन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१