Siraha Times
ताजा समाचार

जनगणतन्त्र स्थापना गरेरै छाडने : सिपि गजुरेल

  • असार ९, २०७५
  • ८५२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मुकेश कुमार यादब, सिरहा, ०९ असार । नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी० का नेता सिपि गजुरेलले जनगणतन्त्र स्थापना गरेरै छाडने दाबी गरेका छन् । सिरहामा शुक्रबार पार्टीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता गजुरेलले भने “हाम्रो लडाई जनगणतन्त्र स्थापनाको लडाइ हो, नेपालमा जनगणतन्त्र स्थापना गरेरै छाड्छौं ।” नेपालमा जनआन्दोलन बाहेक कुनै विकल्प नरहेको भन्दै उनले ओली राष्ट्रियवादी नभई राष्ट्रियघाती रहेको आरोप लगाए । ओली सरकारले नेपालमा निरंकुशता लागू गर्न खोजेको समेत उनले जिकिर गरे ।                                      
पन्चायती ब्यवस्थामा नभएको भ्रस्टाचार अब स्थानीय तहमा भइरहेको दाबी गर्दै उनले माओवादी केन्द्र एमालेमा विलय भएको आरोप समेत लगाए । 
 

पार्टीका जिल्ला सेकरेटरी हिरा बहादुरको अध्यक्षतामा भएको खुल्ला सत्रमा २ नम्बर प्रदेशका सेकरेटरी कृष्णदेब सिंह ९दनुवार०, प्रदेश सद्स्य रामनारायण सिंह, संजय सिंह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१