Siraha Times
ताजा समाचार

ठाडी इस्पेक्टर बस्नेतकै निगरानीमा तेस्रो मुलुकको उत्पादन भारत निकासी, लहानमा चाईनिज स्याउको भण्डारण

  • असार ९, २०७५
  • ९८६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान ८ असार । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी प्रावधान कसिलो रहेपनि सिरहाको ठाडी प्रहरीले कमिशनमा दैनिक चाईनिज स्याउ भारत निकासी भइरहेको छ । सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेत, भन्सार कर्मचारी र सिभिल प्रहरीको निगरानीमा चाईनिज स्याउ भारत निकासी गर्न तस्करहरुसंग घुस लिने गरेको खुलासा भएको छ । सिरहाको लहानमा करिब एक दर्जन स्याउका डिलर रहेको छ । चाइनिज स्याउ लहानमा संकलन गरी भारतीय व्यापारीहरुले लहानमै मोलतोल गरी सार्वजनिक बस र मिनी ट्रकमा हालेर भारत लैजाने गरेको छ । यसप्रति सिरहाको प्रशासन मौन रहेको छ भने जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ जिल्ला बाहिर रहेकोले ठाडी प्रहरी व्यापारीसंग घुस लिएर स्याउ भारत पठाउंने गरेको छ । केही समययता, प्रशासनले अनुगमन गर्न थाल्दा ठाडी प्रहरीकै सल्लाहमा व्यापारीहरुले सिमाक्षेत्रमा साईकल र मोटरसाईकल प्रयोग गरेर चाईनिज स्याउ भारत निकासी गरिरहेको स्थानीयहरुको दावी छ । करिब एक महिना अगाडि मिडियावाजी हुंदा स्याउ निकासीमा रोक लगाएको थियो । तर, असारको पहिलो सत्तादेखि ठाडी सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेतसंग व्यापारीहरुको लेनदेनको कुरा मिलेपछि पुनः चाइनिज स्याउ भारत निकासी हुन थालेको स्रोतको दावी छ । स्रोतका अनुसार ६ र ७ गते लहानबाट गएका अढाई सय कार्टुन स्याउ प्रहरीकै सहयोगमा भारत निकासी भएको छ । स्याउ तस्करहरु अहिले प्रहरीदेखि भन्सार कर्मचारीको मिलोमतोमा साईकल र मोटरसाईक प्रयोग गरेर तेस्रो मुलुकको उत्पादन भारत निकास गरिरहेको छ । यसवारे एक पत्रकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेतसंग सम्पर्क गर्दा उनले ‘यो रोक्ने हाम्रो काम हो, हामी आफ्नो काम गरिरहेका छौ ।’ भन्दै फोन काटे । ठाडी भन्सारमा खुद्रा भ्रष्टाचारी व्यापक भइरहेको छ । यसमा पनि सशस्त्र प्रहरी र भन्सार कर्मचारीले उपभोक्ताबाट १० देखि ५० रुपैयांसम्म विना पूर्जी असुली गरिरहेको छ । भारत निकासीको लागि लहानमा चाइनिज स्याउको ठूलो भन्डारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१