Siraha Times
ताजा समाचार

एपेक्स एजुकेशनल द्वारा विदाई कार्यक्रम सम्पन्न

  • असार ८, २०७५
  • १२२६ पटक पढिएको
  • फिरोज शेख
alt

फिरोज शेख लहान २०७५ असार ८ । एपेक्स एजुकेशनल एकेडमी लहानले व्रिज कोर्ष र इन्ट्रान्स प्रिपेशन गरेका विद्यार्थीहरुलाई बिहिबार फरेवेल कार्यक्रमको आयोजना गरि विदाई तथा सम्मान गरेका छन्। एपेक्स एजुकेशनलका संस्थापक अध्यक्ष भरत साहको अध्यक्षता तथा सफ्टेक कलेजका संस्थापक डाक्टर महादेव साहको प्रमुख आतिथ्यमा भएको उक्त विदाई तथा सम्मान कार्यक्रका अतिथिहरुमा श्री जनता मावि सोनमती गाढाका प्रमुख अरविन्द कुमार दास , लहान नगरपालिकाका शिक्षा शाखा विनि भवानी कट्टेल , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , विद्यार्थी नेता अशोक चौधरी , शिक्षकहरु मनोज कुमार यादव, सरोज कुमार खड्का, सुदिपराज कुशवाहा,सुनिल शर्मा,राजन कुमार गोईत , विनोद साह , भरोशी साह,भुलेंद्र दास, हृदय नारायण यादव ,बिमल कुमार चौधरी,भारत कुमार यादव ,कारण चौधरी ,राम चन्द्र साह,मृगेन्द्र साह,अनु कार्की लगायत व्रिज कोर्ष र इन्ट्रान्स प्रिपेशन गरेका सैयौ छात्रछात्राहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण संचारकर्मी लाल बिहारी यादवले गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक ब्रजमोहन अधिकारिले राख्नु भएको थियो ।कार्यक्रका वक्ताहरुले सम्पूर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना सहित उचित परामर्स समेत दिएका थिए। कार्यक्रममा गायक सरोज सन्त र सरोज चौधरीले आफ्नो गायन बाट उपस्थित सम्पूर्ण लाई मनोरंजन गराएका थिए। भने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई दोसल्लाह ओढाई सम्मान समेत गरिएको थियो।

Image may contain: 5 people, including हृदय नारायण यादव, people sitting

Image may contain: 5 people, people smiling, people standing and indoor

Image may contain: 9 people, including Firoj Shekh, people sitting

Image may contain: 4 people, people smiling, people sitting, people standing and indoor

 

प्रतिक्रिया दिनुहोस

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ४ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान नगरपा ...

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१