Siraha Times
ताजा समाचार

अध्यक्ष गोईत "अाफै बाेक्सी, आफै धामी", भतिजो ले गरे बिकास काका ले गरे विनाश

  • असार ४, २०७५
  • १२२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनाेज बनैता, सप्तरी,१७ जुन । सप्तरीको बलानबिहुल गाउपालिका वडा न. २ मा बिधुतीकरनको लागि गाडिएको (खम्बाहरु) पोलहरु तोडफोड गरिएको छ । कुशहा- बेल्ही सडकखन्ड बाट दिघिया दक्षिणवारि टोल जोडनको लागि गाडिएका जम्मा १३ वटा पोलहरु भत्काईएका छन । स्थानिय प्रहरी चौकी चन्हीका ईन्चार्ज असय पंकज सिहं का अनुसार पोल गाडिने दिन पनि हल्का विवाद भएका थिए । हाम्रो खेतमा पोल गाडे हामी पोल रहन दिनौ छेनी र हथौड़ा ले भत्काउछौ भनी एक दिघिया बासी सुरेन्द्र यादव ले धम्की दिएका थिए । घट्नामा संलग्नता हुन सक्ने भन्दै नेपाल प्रहरी ले ३ जनालाई अनुसन्धान गर्न हिरासत मा लिएका थिए गिरफ्तार गरिएकाहरु दिघिया का सुरेन्द्र यादव, सोही गाउँका उपेन्द्र यादव,, रामदेव यादव र पथराहा टोलका हरि साह थिए तर रजनैतिक दवाबका कारण जमानतमा छोडिएका छन । केहि व्यक्ति फरार समेत भएका छन । फरार हुनेमा चन्ही निवासी सत्यनारायण गोईत, अछमितलाल चौधरी, लगायत का छन । प्राप्त जानकारी अनुसार यो घट्नाको प्रमुख योजनाकार सत्यनारायण गोईत हुनसक्ने शंका उब्जिएको छ । सत्यनारायण गोईत हाल गाउँ बाट फरार भइ छिमेकी राष्ट्र भारतमा लुकेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी श्रोत को अनुसार उक्त अपराधमा बलान बिहुलका अध्यक्ष दयानन्द गोईतका आफ्नै काका सत्यनारायण गोइत पनि मुछिएका हुनाले अनुसन्धान मा अलि कठिनाइ भएको हो । प्रतिपक्षीहरु ले अध्यक्ष गोईत माथी "अाफै बाेक्सी, आफै धामी" भएको आरोप समेत लगाएका छन । अध्यक्ष गोईत लाई सम्पर्क गर्दा मोवाईल बन्द रहेको थियाे । १ न. वडा सचिव रमेश मरिक ले दिए जानकारी अनुसार उनी उपचारका लागि पटना गएका छन ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१