Siraha Times
ताजा समाचार

सिरहाका स्थानीय तहहरुमा व्यापक भ्रष्टाचार

  • साउन २, २०७८
  • ७३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा  लहान , ०२ श्रावण । लामो समयको स्थानीय तहको निर्वाचन पश्चात् जनप्रतिनिधि आउँदा जनताले राखेको अपेक्षा खोलाको पानी जस्तै बगेको छ । पद, सत्ता र पैसाको मोह जनप्रतिनिधि र कर्मचारीमा व्यापकरुपमा रहेको बिश्लेशकहरु बताउँछन् । सम्पत्ति आर्जनका साथै पारिवारिक सु:ख प्राप्तिका लागि उनिहरु आम नागरिक / जनतालाई बिर्सेर भ्रष्टाचारमा लिप्त भएको स्रोतबाट खुलेको छ । जनप्रतिनिधिको कार्यकाल समाप्त हुन अब केही महिना मात्र बाकी रहेकोले सम्पत्ति आर्जन गर्न उनिहरु कागजी मिलान गरी बिधिबत रुपमा भ्रष्टाचार गर्न लागिपरेको जिल्लाका स्थानीयहरु बताउँछन ।, जनप्रतिनिधि र उच्च अहोदाका कर्मचारीहरुको स्वार्थ पुर्तीमा उनिहरुको केही नजिकको मान्छे र केही पार्टीका कार्यकर्ता , सहयोगी गुण्डा समेतले सहयोग गर्ने गरेको बुझिएको छ । जिल्लाका कतिपय स्थानहरुमा असार मसान्तको अन्तिममा उनिहरु गुण्डा समेत परिचालन गरी योजनाको काम अघि बढाएको रहस्य खुलेको छ ।

सिरहाका अधिकान्स स्थानीय तहको बिल / भरपाई सत्य तथ्य रुपमा छानबिन गरेमा लेखा, अधिकृत , मेयर/ अध्यक्ष लगायत सरोकार राख्ने सम्बन्धित सबै अवस्य फ्सने स्रोतको दाबी छ । अधिकान्स स्थानीय तहले कामै नगरी फर्जी बिल भरपाई पेश गरेर रकम निकासा गरेको एक जना युवा मनोज यादवले बताए । भौतिक पुर्वाधार र लक्षित वर्गको कार्यहरुमा आसेपासे लाई समिति बनाई कार्य गर्ने गरेको छ, भने `जिल्लाका अधिकान्स स्थानीय तहले ईन्धन , खाजा , खाना , लगायत विविध खर्चमा व्यापक रुपमा रकम दुरुपयोग गरेको छ, उनले सुनाए ।,

उपभोक्ता समिती वा ठेकेदारले गरेको कार्यको बिल भरपाई जनता माझ सार्वजनिक गरेमा मात्र पार्दशिता हुने जिल्लाबासीको माग छ । बिल भरपाई लुकाउने प्रवृत्तिले आम नागरिकको सूचनाको हक खोसिएको छ , ` पत्रकार प्रदीप सिंहले बताए ।, कार्यालयमा सूचनाको हक माग्न जादा बिल भरपाईको फोटोकपी दिदैन , उनले सुनाए । भ्रष्टाचार गर्ने माध्यम भनेको मुख्य रुपमा बिल भरपाई नै हो तर बिल भरपाई हेर्न नदिनु के यो मिलोमतोमा गरिएको भ्रष्टाचार भएन् ?, हरेक स्थानीय तहले गरेको कार्य सम्पादनको यदी अख्तियारले निष्पक्ष छानबिन गरेमा सबै फस्ने स्रोतको दाबी छ ।

नाम नखोल्ने शर्तमा जिल्लाका दर्जनौ स्थानीयले भने- नेपालका प्रहरी , प्रशासन सबै भ्रष्टाचार हुन् र विश्वले यो कुरो प्रमाणीत गरिसकेको छ , `अख्तियरको बिश्वास लाग्थ्यो, तर अख्तियार पनि पैसामा भ्रष्टाचारी संग बिक्दो रहेछ भन्ने जनताद्वारा व्यापक रुपमा आवाज आईरहेको छ । स्थानीय तहले गरेको कामको लेखाजोखा गर्न जिल्ला प्रशासन कार्यालय सिरहा , कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहा , महालेखा परिक्षकको कार्यालय सिरहा , अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास लगायतका सम्बन्धित सरोकारवालाका टोलीहरुद्वारा कडा रुपमा स्थलगत अनुगमन हुनुपर्ने जिल्लाबासीको माग छ ।

 

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१