Siraha Times
ताजा समाचार

‘माग पुरा नभए राजपा आन्दोलनमा जाने निश्चित छ ’

  • असार २, २०७५
  • १०९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १ असार । आउंदो बैठकबाट संसदीय दलको नेता चयन गर्ने भन्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीभित्र कुनै विवाद नरहेको बताउंनुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा सिरहाको चोहर्वामा आज महतोले असार ४ गतेदेखि हुने राजनीतिक समितिको बैठकले संसदीय दलको नेता चयन गर्ने दावी गर्नुभयो । महतोले संविधान संशोधनलगायत सयौ झुठा मुद्दा र जनताले प्रमाणपत्र दिईसकेको तर सरकारले रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा जान हाम्रो पार्टी ‘स’ पनि उच्चारण नगर्ने बताउंनुभयो । 
हाम्रो क्लियरकट कुरा छ । माग पूरा नभए राजपा आन्दोलनमा जाने निश्चित छ । आन्दोलनको लागि तपाईंहरु तयारीमा लाग्नुस् अध्यक्ष महतो भन्नुभयो । 
गच्छेदार मधेश र मधेशीप्रति गद्दारी गरेर कांग्रेसमा घर फर्किए । उपेन्द्र कम्युनिष्टमा फर्किन सरकारमा गएको हो । अब मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान कल्पना पनि गरेका छैन उहां महतोले बताउंनुभयो । ६ महिना आन्दोलन । सयौ सहिद । हजारौ अपांग । सारा उद्योग धन्दा चौपट । नाकाबन्दी यि सबै मन्त्री बन्नको लागि आन्दोलन नगरेको अध्यक्ष महतो स्पष्ट पार्नुृभयो । कांग्रेस, कम्युनिष्ट र फोरमबाट जनता फ्रस्टेशन भइसकेका छन् । सयौं नेता आएर भन्छन् राजपा विना यो देश नचल्ने भन्दै देश चलाउंनको लागि राजपा नै चाहिन्छ उहांले बताउंनुभयो । 
कार्यक्रममा प्रदेश २ का सांसद मनिष सुमनले कम्युनिष्टहरु शाही सरकार भन्दा पनि शोषक दमनकारी हो । कम्युनिष्ट सरकारको कारण लोकतन्त्र खतरामा छ । वाक स्वतन्त्रता समेत हनन गर्न उनीहरु अघि बढिरहेको छ । पत्रकारसंगको अन्तरवार्ता हुंदा कार्यक्रम नै बन्द गरिएको छ । भोली स्वतन्त्र रुपमा लेख्न फोटो खिच्न समेत बन्देज गर्ने उनीहरु तयारी गरिरहेको उहांले खुलासा गर्नुभयो । 
यस्तो अवस्थामा कम्युनिष्ट सरकार यो देशमा नचल्न दिन आम जनता सडकमा आउंनुपर्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न वाक स्वतन्त्रता नै चाहिन्छ उहां सुमनले बताउंनुभयो । आजको कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै सयौ व्यक्ति राजपामा प्रवेश गरेका छन् । कार्यक्रम राजपाको सिरहा अध्यक्ष रामबहादुर महतोका सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१