Siraha Times
ताजा समाचार

सप्तरीको डाक्नेश्वरि नगरपालिकामा दर्ता चलानि किताब नेे खालि अवस्थामा फेला.......

  • असार १५, २०७८
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शुभ नारायण यादव सप्तरी ,१४ असार । मुलुकमा पछिल्लोपटक तीन तहकाे सरकार आएकाे छ , तर तीन तह मध्ये एउटा महत्त्वपूर्ण तह स्थानीय तहकाे सरकार पनि हाे । तर भनिन्छ छाेटा राजाहरुकाे आफ्नो मन छ ,ठिक यस्तै सप्तरीका अधिकाश स्थानीय तहहरुकाे अवस्था रहेकाे पाइन्छ । छाेटा राजाहरु अर्थात स्थानीय तहमा जसलाई जति खेर जे मन लाग्याे त्याे गरिरहेकाे अवस्था रहेका छन । यसे क्रममा अाज सप्तरीको डाक्नेश्वरि नगरपालिकामा दर्ता चलानि किताब खालि रहेकाे अवस्थामा फेला परेकाे छ । अहिले बर्षकाे समाप्ति महिना अर्थात असार महिनामा हचुवाकाे तालमा बिकास निर्माण लगायतका अति आवश्यक कामकाजहरु हुने गरेको अवस्थामा सप्तरीको डाक्नेश्वरि नगरपालिकाले कुन मन्सायले दर्ता चलानि किताब ने खालि छाेडेर दर्ता चलानि गरिरहेकाे हाे ,त्याे बुझ्न सकिएन ।

स्थानीय सरकार सन्चालन ऐन नियमावलिमा दर्ता चलानि किताबमा खालि पाना छाेडेर दर्ता चलानि गर्न नमिल्ने कानुनि व्यवस्था हुदा हुदे पनि सप्तरीको डाक्नेश्वरि नगरपालिकाले साे नियम उल्लघन गरि दर्ता चलानि किताबकाे केही पाना खालि छाेडेर दर्ता चलानि गरेको तथ्य फेला परेका छन । डाक्नेश्वरि नगरपालिकाकाे दर्ता चलानि कितावमा दर्ता न. १४५४ देखि १४६० सम्मकाे कुनै दर्ता ने नगरिएको अवस्थामा फेला परेका छन । असार महिनाम आवश्यक कुनै पनि निर्णय गर्न सकिने तथा हचुवाकाे तालमा बिकास निर्माणलगायतका आवश्यक कामकाज गर्न र गराउने उदेश्यले साे दर्ता चलानि किताबकाे पानाहरु छाेडिएर दर्ता चलानि गरिरहेकाे नगरपालिका स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेपालकाे कुने पनि कानुनमा यसरी दर्ता चलानि किताबकाे पाना खालि छाेडेर अर्को दर्ता चलानि गर्न नसकिने नियम हुदा हुदे पनि साे निर्णय विपरीत डाक्नेश्वरि नगरपालिकाका मेयर ,उपमेयर सहित कर्मचारीहरुके मिलाेमताेमा यसरि दर्ता चलानि किताब खालि राखेर गाेप्य निर्णय गरि दर्ता चलानि गर्ने नियतले साे दर्ता चलानि किताब खालि छाेडिएकाले त्यसकाे आवश्यक छानविन हुनुपर्ने माग स्थानीय सराेकारबालाहरुले गरेका छन । यता साे सम्बन्धमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल निराेलासग सम्पर्क गर्दा उहाले माेबाइल रिसिभ गर्नु भएन । यसेबिच साे सम्बन्धमा डाक्नेश्वरि नगरपालिकाका मेयर शिव नारायण साहले यस्तो नियमले नमिल्ने भए पनि यस्ताे भएको छ भने म बुझ्दे छु भनेर जवाफ दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१