Siraha Times
ताजा समाचार

चुरे क्षेत्रमा बैकल्पिक उर्जाका सम्भाव्यता अध्ययन : मन्त्री सोनल

  • जेठ ३१, २०७५
  • ८९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ३१ जेष्ठ । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले चुरे क्षेत्रबाट ५० मेगावाट बैकल्पिक उर्जा उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रमको आज सिरहाको मिर्चैयामा सम्बोधन गर्दै मन्त्री सोनलले त्यसका लागि चुरे क्षेत्रमा छिटै बैकल्पिक उर्जाको सम्भाव्यता अध्ययन गरिने दाबी गरे ।
प्रदेशलाई प्राबिधिक शिक्षाको हबको रुपमा विकास गरिने सरकारको योजना रहेको भन्दै उनले प्रदेशका बिभिन्न स्थानमा प्राबिधिक शिक्षालयहरु छिटै स्थापनाको तयारी भईरहेको स्पष्ट गरे । बजेट बिनियोजनमा केन्द्र सरकारले २ नम्बर प्रदेशसँग बिभेद गरेको आरोप समेत मन्त्रि सोनलले आरोप लगाए । उनले भने “संघिय सरकार अन्य प्रदेशको तुलानामा २ नम्बर प्रदेशलाई कम बजेट बिनियोजन गरेर नजरअन्दाज गरिरहेको छ ।”
प्रदेश सरकारले ४ महिनाको अबधीमा महत्वपुर्ण कार्य गरेको जिकिर गर्दै उनले प्रदेशलाई सम्बृद्ध बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे । कार्यक्रममा उपस्थित मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले नगरपालिकामा रहेका सडक, भवन लगायतका बर्तमान समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्रि सोनलसंग आग्रह गरे । 
भेटघाट कार्यक्रममा राजपाका सहमहामन्त्री तथा प्रदेश सभा सदस्य सुरेश मण्डल, राजपाका युवा नेता रामकुमार मण्डल लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१