Siraha Times
ताजा समाचार

प्रदेश २ मा दरबन्दी भन्दा कम डाक्टर, अधिकांश विरामी अन्य प्रदेश र भारतमुखी

  • जेठ २९, २०७५
  • ८९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान । प्रदेश २ को सरकारी अस्पतालहरुमा दरबन्दी भन्दा निकै कम डाक्टर रहेकोले यहांको स्वास्थ्य अवस्था जटिल रहेको छ । चाहेको उपचार नहुंदा सेवाग्राहीहरु प्रदेश २ बाहिर गएर उपचार गराउंने गरेको छ । उपचारको लागि भारतको दरभंगा, पटना पुग्ने गरेको छ भने प्रदेश १ को विराटनगर, धरान र दमक जानेको संख्या बढिरहेको छ । यस अतिरिक्त काठमाण्डौ र चितवन उपचार गराउंनेको संख्या पनि उतिकै रहेको छ ।

प्रदेश २ मा १५ वटा सरकार अस्पताल रहेको छ भने सबै भन्दा बेडको आधारमा पर्साको नारायणी उप क्षेत्रीय अस्पताल वीरगन्ज रहेको छ । जसको बेड संख्या ३ सय रहेको छ । पर्साकै पोखरिया अस्पताल १५ बेडको रहेको छ भने त्यहां तीन जना डाक्टरको दरबन्दी रहेकोमा २ जनाले सेवा दिंदै आएको छ । प्रति २० हजारमा एक एमविविएस डाक्टर हुनुपर्ने प्रावधान रहेपनि प्रदेश २ मा सरकारी र नीजि अस्पताल गरी पांच सय जति रहेको डा.विजेन्द्रकुमार यादव बताउंछन् । जहां प्रदेश २ को जनसंख्या २०११ को जनगणा अनुसार ५१ लाख ३७ हजार ९ सय रहेको छ ।

प्रदेश २ मा सप्तरीदेखि पर्सासम्म ८ जिल्लाको सिरहामा जिल्ला अस्पताल ५० बेडको रहेको छ । जसमा ११ जना डाक्टरको दरबन्दी रहेपनि २ जनाबाट सेवा दिइरहेको छ । ८ जना करारमा रहेको छ । सिरहाकै राउ स्मारक अस्पताल लहानमा चार डाक्टरको दरबन्दी रहेपछि २ जनाले सेवा दिंदै आएको छ । जहां लहान अस्पतालको वेड संख्या ५० रहेको छ । सप्तरीमा २ सरकारी अस्पतालमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको बेड संख्या १ सय २५ रहेको छ । यस अस्पतालमा ६ डाक्टरको दरबन्दी रहेपनि ३ जनाले सेवा दिंदै आएको छ भने २ जना करारमा रहेको छ । सप्तरीकै भारदह अस्पताल १५ वेडको रहेको छ जसमा तीन जना डाक्टरको दरबन्दी रहेपनि एक जनाले सेवा दिंदै आएको छ । प्रदेश २ को दोस्रो ठूलो अस्पतालको रुपमा रहेको जनकपुर अंचल अस्पतालमा २ सय वेडमा ४७ डाक्टरको दरबन्दी रहेको छ । जसमा ८ डाक्टरले सेवा दिंदै आएको छ । धनुषाकै अर्को नवनिर्मित जिल्ला अस्पताल ढुमरियामा रहेको छ । २५ बेडको उक्त अस्पताल संचालनको तयारीमा रहेको छ । प्रदेश २ मा सबै भन्दा कम अस्पताल रहेको सर्लाही अस्पतालमा ९ डाक्टरको दरबन्दी रहेपनि ३ डाक्टरले सेवा दिंदै आएको छ भने एक जना करारमा रहेको छ । सर्लाही अस्पताल ५० वेडको रहेको छ ।

महोत्तरीमा १५—१५ बेडको दूई अस्पताल रहेको छ । जलेश्वर अस्पतालमा तीन डाक्टरको दरबन्दी रहेपनि १ जनाले सेवा दिंदै आएको छ । बर्दिवास अस्पतालमा तीनको दरबन्दी भनिएपनि २ जनाले सेवा दिंदै आएको छ । रौतहटको गौर जिल्ला अस्पतालमा ४ डाक्टरको दरबन्दी रहेको छ जसमा २ जनाले सेवा दिंदै आएको छ । उक्त अस्पताल ५० वेडको रहेको छ । रौतहटकै चन्द्रनिगाहपुर अस्पतालमा १५ वेडमा २ जना डाक्टरले सेवा दिंदै आएको छ । बाराको कलैया जिल्ला अस्पतालमा ४ डाक्टरको दरबन्दी रहेपनि २ जनाले सेवा दिंदै आएको छ । वेड संख्या ५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१