Siraha Times
ताजा समाचार

पटना—मधुवनी जोड्दै कान्छो अध्यक्ष केदारनाथले गाउंको मुहार नै फेरे

  • जेठ २४, २०७५
  • ११८४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, २३ जेठ । ‘जीन्दगीमा सपना पनि नदेखेको थिए ।’ तर,‘ विपनामा पाएको छु ।’ दुर्गम ग्रामिण वस्तीमा जब कालोपत्रे (पिच) सडक निर्माण देखेर सखुवानन्कारकट्टी १ देवनारायण यादव हर्षित भए । सखुवानन्कारकट्टी गाउंपालिकाले विकासको गति दिन करिब २ किलो मिटरको कालोपत्रे सडक निर्माण थालेको छ । तीन खण्डमा निर्माण हुन लागेको सो कालोपत्रे सडकले मिर्जापुर कटनियां नदीदेखि भौरसम्म जोड्ने भएको छ । यसमा सखुवानन्कारकट्टी १ र ३ वडासहित लतयाही रहेको छ । कालोपत्रे सडक निर्माणको बीचमा रहेको कटनियां नदीमा ५ करोड लागतमा पुल राखिने भएको छ । स्थानीय प्रविण यादवले ‘यो कालोपत्रे सडकले हजारौले सेवासुविधा पाउंने छ ।’‘विगतमा एम्बुलेन्सलगायत सवारी साधन ओहोरदोहोर गर्न नसकेर कतिको मृत्यु भएको हो ।’‘ अब आश पलाएको छ ।’ यादव बताउंछन् । गाउंपालिका अध्यक्ष केदारनाथ यादवले ‘यो भविष्यमा रिंग रोडमा समावेश हुने छ ।’ रिंग रोडको लागि सखुवानन्कारकट्टी गाउंपालिकाले सात किलो मिटरको सडक तयारी गरिरहेको छ । कति ठाउंमा माटो र ग्राभेलको काम भइसकेको छ । सम्भवत उमेरले सिरहाको कान्छो अध्यक्ष रहेका केदारनाथ यादवले सखुवानन्कारकट्टी १ र २ वडालाई जोड्न सवा किलोमिटरको सडक निर्माण गरेको छ । जसले पटना, मधुवनी, लतयाही, सोठियाईन, मौवाही हुंदै सितापुर गाउंको लागि सेवा सुविधामा जोड दिएको छ । 
कान्छो अध्यक्ष यादवले गाउंमा विकासको लहर जगाउंन थालेपछि वृद्धवृद्धा समेत हर्षित हुंदै सखुवानन्कारकट्टी ४ की कोशिला खंग मण्डल भन्छिन् —‘पहिले थलचिकर (हिलो) ले बेलगाडा समेत चल्न गाह्रो थियो ।’‘अहिले मोटरगाडी हुरुरु चल्न थालेको छ ।’ कान्छो अध्यक्ष यादवले यस बर्ष कालोपत्रे, पांचै वडामा माटो ग्राभेलको सडक निर्माण गरेको छ । झोलोगैं पुल, वडा ३ मा कल्र्भट निर्माण, पार्क वडा ५ मा १२ लाखमा मद्रसा निर्माण, महिला नेतृत्वको सामुदायिक भवन निर्माण गर्दै विकासको लहर ल्याएदिएको छ । सखुवान्नकारकट्टीमा विकासको लहर चलेपछि प्रशासकीय अधिकृत रमेश साहले ‘योजनाको सबै काम असार ५ गतेभित्र सम्पन्न हुने बताउंछन् । विकास निर्माणको लागि ५ करोड बजेट विनियोजित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१