कोरोना संक्रमित छटपटीएर मर्दै , राज्य मन्त्री मण्डल मन्दिर शिलान्यासमा ब्यस्त

  • वैशाख ३०, २०७८
  • ६८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सबिन यादव सिरहा,कोरोना महामारीमा अक्सिजनको कमीले अस्पतालमा सँक्रमितहरु छटपटाइरहेको बेला प्रदेश २ का मन्त्रीहरु भने मन्दिर मस्जिद नीरिक्षण र शिलान्यासमा व्यस्त देखिएका छन् । बुधबार प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साह र वन पर्टयन मन्त्री राम नरेश रायले यस्तो भयावह अवस्थामा पनि मन्दिर नीरिक्षणमा व्यस्त देखिएपछि चौतर्फी आलोचना भएकै क्रममा राज्यमन्त्री सुरेश मण्डलले भने तस्विर सार्वजनिक गरेपछि आलोचना भएको छ ।

प्रदेश २ का वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डलले सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १ भोक्राहास्थित शिव मन्दिरको निर्माणको लागि शिलान्यास कार्यक्रम गरेपछि उनको आलोचना भएको हो । अन्य दिनमा पनि मन्दिर, मस्जिद शिलान्यासमा मात्र व्यस्त देखिने प्रदेश २ का मन्त्रीहरु अहिलेको कोरोनोका भयावह अवस्थामा पनि अस्पताल जस्तो सँवेदनशिल क्षेत्रलाई बिर्सेर, कोरोना महामारी र आवश्यकतालाई बिर्सेर शिलान्यासमै व्यस्त देखिएपछि चौतर्फी आलोचना भएको छ ।

मन्त्री मण्डलले शिलान्यास गरेको ठाउँमा पछाडी बसेका बालबालिकाहरु बिना मास्कको भीड लगाएर बसेको देखिएको छ । सिरहा जिल्लामा समेत कोरोना पिक स्टेजमा रहेको अवस्थामा मन्त्री मण्डलले अस्तपालमा अक्सिजनको जोहो छाडेर शिलान्यासमा व्यस्त देखिएका छन् । सो सन्दर्भमा राज्यमन्त्री मण्डलको मोबाइल नम्बर ९८१९६५२३०४ मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । मन्त्री मण्डलसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेनन् ।

प्रदेश २ मा कोरोनाको महामारी जटिल अवस्था बनाउँदै गएको अवस्थामा पनि बुधबार प्रदेश २ का सामाजिक विकास मन्त्री र उद्योगमन्त्री सप्तरीमा मन्दिर निरीक्षणमा व्यस्त देखिए । मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेको तस्विर र समाचार बाहिरिएपछि चौतर्फी आलोचना खेप्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१