सिरहाको लहान २ मिलन चौक स्थित गाय हत्या

  • वैशाख २७, २०७८
  • १६५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहाको लाहान नगरपालिका २ स्थित मिलन चौकमा गौ हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारमा हिजो बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन । हिन्दु समुदायको एक परिवारले दिएको सूचनाको आधारमा ईप्रका लाहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लाहान प्रहरीले नियन्त्रणमा लिएका छन । केहिले गौ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन । ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जाहेरी आएपछि मुद्दा चलाउने बताए । तत्कालीन प्रचलित कानूनअनुसार १२ वर्षको सजायको प्रावधान रहेको थियो भने हाल बहाल रहेको मुलुकी अपराध संहिता २०७४ को परीक्षद २७ को पशुपंछीसम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्याको तीन वर्ष कैद सजायको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१