Siraha Times
ताजा समाचार

वर्षासंगै परेको चट्याङ्गले लागेर उदयपुरमा तीनको मृत्यु, एक गम्भिर

  • जेठ १८, २०७५
  • १००६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

उदयपुर, १८ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार साँझ चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । वर्षासंगै परेको चट्याङ्गले लागेर वडान। २ ताम्लिछा गैरीगाउँका ६३ वर्षिय धनप्रताप राइ, कृष्णबहादुर भुजेलकी ८ वर्षिया बिष्णुमाया भुजेल र खड्डु भुजेलका ११ बर्षीय छोरा कौशल भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। स्थानीय कृष्णबहादुर भुजेलको घरको दलानमा बसिरहेको अवस्थामा चट्याङपर्दा खड्डु भुजेलका अर्का ६ बर्षीय छोरा रिजकु भुजेल घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

हावाहुरीसँगै पानी पर्न थालेपछि ओत लागेर बसीरहेको अवस्थामा सोलारबत्ति बाल्न लाग्दा सोलारमा चट्याङले हानेको हुन सक्ने वडाअध्यक्ष भविन्द्रकुमार राईले बताए । गम्भिर घाईते बालकद्धयलाई उपचारका लागि सदरमुकाम गाईघाट पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१