Siraha Times
ताजा समाचार

सांसद प्रदीप यादवले उपमेयरमा पराजित पत्नीलाई फेरी जागिर लगाएको पोल खुल्यो

  • जेठ १८, २०७५
  • १२३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जेठ १८ । संघीय समाजवादी फोरम पर्साका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदिप यादबले पदको दुरुपयोग गरी पत्नीलाई साविककै जागिर लगाएको पोल खुलेको छ । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले पत्नी पिंकी यादवलाई साविककै जागिर लगाएका हुन् । पर्सामा लोकप्रिय छवी बनाएका उनी निर्वाचन हारेकी पत्नीलाई पहिले कार्यरत स्कूलमै जागिर लगाएपछि कार्यकर्ता र उनलाई मत दिने मतदाताहरु झस्किएका छन् । मधेश आन्दोलनमा होमिएका हजारौ कार्यकर्ताहरुको मनोभावनाको बिपरित उनले आफनो जेठी श्रीमती पिंकी यादवलाई गत स्थानीय निर्वाचनमा शिकक पदबाट राजीनामा गर्न लगाई बीरगंज महानगरपालिकाको उपमेयर पदमा निर्वाचन भिडेका थिए । चुनाव हारेकी उनलाई बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेको बीरगंजस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा राहत दरवन्दी अन्तर्गत पुष २३ गते नियुक्ति गरिएको छ ।

कागजी प्रक्रिया पुरा गरेर ल्याएपछि दवावमै आफूले पुष ३० गते समर्थन गरेको जिल्ला शिक्षा अधिकारी बरखु रजकको भनाई छ । जिशिअ रजकले साँसद पत्नी पिंकीलाई साविकको मनियारी गाविसस्थित नेपाल राष्ट्रीय प्राथमिक बिद्यालयमै सरुवा मिलाई दिएका छन । जहाँ उनलाई पढाउने झन्झट ब्यहोर्नु पर्दैन । घरमै बसी बसी तलव खाने सुविधा प्राप्त हुने गरेको स्रोतको दावी छ । मनियारी सांसद प्रदीप यादवको आफनो गाउँ हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१