ताजा समाचार

‘परिवर्तनको लागि सेक्सबाट अलग हुनुपर्छ’, स्नेह मिलन

  • जेठ १२, २०७५
  • ९९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान , ११ जेठ । कलयुगको समाप्तिलाई पर्खिरहेका सत्ययुगको चाहना बोकेकी बह्मकुमारीहरु विवाह बन्धनलाई नकार्दै आएका छन् । सिरहाको बन्दीपुर स्थित राजयोग सेवा केन्द्र संचालन गर्दै आएकी बह्माकुमारी अनिता भन्छिन् —‘बह्माको आचारणलाई प्रयोग गर्दै ईश्वरी सेवामा तन मन धन लगाएसकेपछि विवाह गर्ने कुरै आएन ।’ आज लहानमा पत्रकारहरुसंग स्नेह मिलन कार्यक्रमको क्रममा उनले भनिन् —‘जीवन यसैमा सोपिदिएछु ।’ उनी २०६१ मा सेवा केन्द्रमा प्रवेश गरेकी थिइन् । आज उनी ३२ बर्षीया छिन् । बालबह्मचारी अर्थात बह्माचारीको चार खम्बा विशुद्ध अन्न, दिव्य गुण धारण, दैनिक संतसंग र बह्मचार्य नै उनको जीवन भएको छ । बह्मकुमार एक भाई भन्छन्—‘प्युरिटीले संसार परिवर्तन गर्न सक्छ, ‘यसैले सेक्सबाट अलग हुनुपर्छ ।’ ‘मानवलाई भगवान मान्ने नै सत्य युग हो ।’ सृष्टि चल्नुपर्छ । यसको लागि उत्पादन जरुरी छ । तर, आवश्यकता भन्दा बढी जरुरी छैन । अर्का धिरेन्द्र भाईले भने ‘राजयोगमा लागेपनि घरपरिवार बसाउंनसक्छ ।’ ‘विवाह कुनै खास कुरा होइन् ।’ कार्यक्रममा राजयोगले १८ वटा युग्स बनाएको जानकारी गराउंदै यस मध्ये मिडिया युग्स पनि एक हो । मिडिया कन्फ्रेन्स भारतको माउनटावुमा सेप्टेम्बर महिनामा हुंदैछ । यसको लागि सिरहाका १० जना पत्रकारलाई त्यहां सहभागी गराउंन आज स्नेह मिलन कार्यक्रम राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤