Siraha Times
ताजा समाचार

‘परिवर्तनको लागि सेक्सबाट अलग हुनुपर्छ’, स्नेह मिलन

  • जेठ १२, २०७५
  • ९७९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान , ११ जेठ । कलयुगको समाप्तिलाई पर्खिरहेका सत्ययुगको चाहना बोकेकी बह्मकुमारीहरु विवाह बन्धनलाई नकार्दै आएका छन् । सिरहाको बन्दीपुर स्थित राजयोग सेवा केन्द्र संचालन गर्दै आएकी बह्माकुमारी अनिता भन्छिन् —‘बह्माको आचारणलाई प्रयोग गर्दै ईश्वरी सेवामा तन मन धन लगाएसकेपछि विवाह गर्ने कुरै आएन ।’ आज लहानमा पत्रकारहरुसंग स्नेह मिलन कार्यक्रमको क्रममा उनले भनिन् —‘जीवन यसैमा सोपिदिएछु ।’ उनी २०६१ मा सेवा केन्द्रमा प्रवेश गरेकी थिइन् । आज उनी ३२ बर्षीया छिन् । बालबह्मचारी अर्थात बह्माचारीको चार खम्बा विशुद्ध अन्न, दिव्य गुण धारण, दैनिक संतसंग र बह्मचार्य नै उनको जीवन भएको छ । बह्मकुमार एक भाई भन्छन्—‘प्युरिटीले संसार परिवर्तन गर्न सक्छ, ‘यसैले सेक्सबाट अलग हुनुपर्छ ।’ ‘मानवलाई भगवान मान्ने नै सत्य युग हो ।’ सृष्टि चल्नुपर्छ । यसको लागि उत्पादन जरुरी छ । तर, आवश्यकता भन्दा बढी जरुरी छैन । अर्का धिरेन्द्र भाईले भने ‘राजयोगमा लागेपनि घरपरिवार बसाउंनसक्छ ।’ ‘विवाह कुनै खास कुरा होइन् ।’ कार्यक्रममा राजयोगले १८ वटा युग्स बनाएको जानकारी गराउंदै यस मध्ये मिडिया युग्स पनि एक हो । मिडिया कन्फ्रेन्स भारतको माउनटावुमा सेप्टेम्बर महिनामा हुंदैछ । यसको लागि सिरहाका १० जना पत्रकारलाई त्यहां सहभागी गराउंन आज स्नेह मिलन कार्यक्रम राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१