Siraha Times
ताजा समाचार

मिर्चैया : पतंजली योग समितिलाई दुई कठ्ठा जग्गा दिने साह मेमोरियल ट्रष्टको घोषणा

  • जेठ ४, २०७५
  • ८२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०४ जेष्ठ । मिर्चैयामा रहेको रामभरोस साह मेमोरियल ट्रष्टले पतंजली योग समिति नेपाल, नगर योग समिति मिर्चैयाको भवन निर्माणका लागि २ कठ्ठा जग्गा दिने घोषणा गरेको हो । विहिबार ट्रष्टका अध्यक्ष समाजसेवी राम प्रताप साह (भोला) ले भवन निर्माणका लागि मिर्चैया नगरपालिका बडा नं. ८ मा २ कठ्ठा जग्गा उपलब्ध गराउने उदघोष गरेका हुन् । समाजसेवी साहले नगर योग समितिको भवन निर्माणका लागि १ लाख १ हजार रुपैया समेत सहयोग गर्ने बताएका छन् । जग्गाको अन्दाजी मोल करीब ३० लाख रहेको बताईएको छ ।

नगर योग समिति मिर्चैयाका अध्यक्ष अकलदेब सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पतंजली योग समिति नेपाल प्रदेश नं. २ का प्रमुख हरिहर चौधरीले प्रमखु अतिथिको रुपमा उपस्थित भई जग्गादाता साहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । भवन असार ७ गते शिलान्यस गरि एक बर्षमा निर्माण पुरा गर्ने लक्ष्य रहेको योग समिति मिर्चैैैयाले जनाएको छ । कार्यक्रममा योग समिति सिरहाका उपाध्यक्ष श्याम मण्डल, मिर्चैया नगर योग समितिका उपाध्यक्ष भरत महासेठ, सदस्य किशोरी साह, सल्लाहकार प्रदिप कुमार तिवारी, सिकिया यादब र जिल्ला उद्योग बाणिज्य संघ सिरहाका उपाध्यक्ष अशोक कुमार साह लगायतका सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१