Siraha Times
ताजा समाचार

देशमा राजनीति संकट उत्पन्न,जनतालाई दु:ख

  • माघ २९, २०७७
  • ८९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान , २९ माघ। वर्तमान घडीमा आम जनतालाई दु:खको भुमरीमा पार्ने शासक वर्ग प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थनमा साथ दिइरहनु अनि जस्ले लोकतन्त्रको वकालत गर्दा टाउको रक्ताम्मे हुदा पनि जनताको पक्षमा लडिरहने । उनै रामकुमारी झाक्रीलाई गिरफ्तार गरिनु अनि गगन थापा जस्ता नेतालाई गिरफदारीको सिकार बनाएर आम नेपाली जनताको अधिकारमाथि अतिक्रमण गर्ने सरकारले किन देशमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न तयार छैन । प्रधानमन्त्री केपी शर्मा अोली यदि सच्चा देशभक्त हो भने जनता सडकमा उनीबिरुद्ध नाराबाजी किन गरिरहेका छन ? करोना कहरबाट थालिएका जनतालाई फेरी आगोमा होमिन बाध्य बनाउने सरकार यदि सच्चा देशभक्त हो भने राजिनामा दिन तयार हुनुपर्ने हो।

अर्कोतिर उनी असल हो भने जनताले फेरी प्रधानमन्त्री बनाई हाल्छ बारेमा विनोद मण्डलले बताए । यो सँगै रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेर राख्न नसक्ने सरकार किन उक्साहट थुनामा लैजान ? अब त सबैले बुझ्ने होलान नि झाक्रीको इतिहासको बिरुद्धमा जनताको आवाज उठाउने अठोट लिँदा कसरी गलत हुन सक्छ । नेपालको विद्यार्थी राजनीतिदेखी बिरुद्धमा अवाज उठाईरहने झाँक्रीलाई लोकतन्त्रमा विचार राख्नबाट बञ्चित गर्न खोज्नु इतिहासमा भुलसिवाय केही छैन।

 

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१