Siraha Times
ताजा समाचार

जनकपुरमा प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर, पूर्वमन्त्रीसहित ११ घाइते

  • माघ २२, २०७७
  • ११९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । जनकपुर उपमहानगरपालिकास्थित शिव चोकमा प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।झडपमा प्रहरीले लाठीचार्ज गर्नुका साथै १२ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडपका क्रममा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झासहित ११ जना घाइते भएका छन् ।

ता झाको टाउकोमा चोट लागेको छ । पूर्वमन्त्रीसमेत रहेका नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । प्रहरीले बन्दकर्तामाथी दमन गरेको भन्दै आक्रोशित बन्दकर्ताले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन् । प्रहरीले नाै जना बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ । झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१