Siraha Times
ताजा समाचार

सिरहामा कडा सुरक्षा घेराबीच प्रधानमन्त्री ओली सहितका मन्त्रीलाई देखाइयो कालो झण्डा

  • माघ १९, २०७७
  • २३२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ १९ गते।सिरहामा तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न सिरहा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा तथा विद्यार्थीहरुले सोमबार कालो झण्डा देखाइएको छ । आयोजित कार्यक्रममा सहभागी हुनका लागि सोमबार सिरहा सदरमुकाम आएका प्रधानमन्त्री ओलि लगायत मन्त्रीहरूलाई अनेरास्ववियु र युवा संघ सिरहाका विद्यार्थी युवा नेताहरूले सिरहा बजार मा कालो झण्डा देखाइएका हुन् । स्व.यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका छन् । 

प्रधानमन्त्री केपि ओलि लाई कालो झण्डा देखाउने क्रममा ने कपा जिल्ला सदस्य रबिन्द्र साह , प्रचण्ड - नेपाल समूह का केन्द्रिय विद्यार्थी संयोजक पुजन सिंह, सिरहा जिल्ला संयोजक भोला यादव, र युवा संघका राजेश यादब,आशानन्द यादब लगयातका युवा तथा विद्यार्थीलाई प्रहरी ले नियन्त्रणमा लिएको छ ।

siraha 3

प्रधानमन्त्री केपि ओलि लाई कालो झण्डा देखाउने क्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य पुजन सिंह, सिरहा जिल्ला संयोजक भोला यादव, अरबिन्द यादब,सुरेश यादब, पारस यादब,र युवा संघका राजेश यादब,सरोज यादब, रबिन्द्र यादब, बिबेक यादब,आशानन्द यादब लगयातका युवा तथा विद्यार्थीलाई प्रहरी ले नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको बताइएको छ। सिरहा सदरमुकाम मा आयोजना गरिएको कार्यक्रमस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठूलो संख्यामा परिचालन गरिएको छ । कार्यक्रममा कुनै अप्रिय घटना नहोस् यसका लागि सिरहा प्रशासनले कार्यक्रम स्थल, आसपास क्षेत्र तथा सिरहा नगरपालिकाको विभिन्न चौक तथा मुख्य बाटोमा पनि प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१