सरकारी गाडीको दुरुपयोग , सरोकारवाला मौन

  • मंसिर ६, २०७७
  • २५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, मंसिर ६ गते । सिरहामा सरकारी गाडीको दुरुपयोग बढेपनि सरोकारवाला निकाय उदासिन देखिएको छ । सरकारी सम्पति भनेपछि यो सरकारको हो जे गरेपनि हुन्छ , नियमन गर्ने निकाय नै सरकारी सम्पति गाडीको व्यापक दरुपयोग गरेको साझै देखिन्छ । सरकारी गाडी अफिस जान आउनको लागी दिईएको हो तर याँहा वडा अध्यक्ष जन प्रतिनिधिहरु सरकारी गाडीको मनोमानी रुपमा प्रयोग गर्दै आएको सहजै देखन सकिन्छ । लहान नगरपालिकाको वाडा नं. ३ का वडाध्यक्ष राम दायल महतोले सरकारी गाडी छठ घाटमा लगेको सहजै देख्न सकिन्छ ।

श्रोतका अनुसार सरकारी गाडीमा वडाध्यक्ष राम दायल महतो हैन चडेको उसको आफन्त चढेको बताए । यो एउटा मात्र हैन सिरहाको सरकारी कार्यालय तथा स्थानियतहहरुका सरकारी गाडी व्यापक रुपमा दुरुपयोग भएको देखिन्छ । विदाको दिन सरकारी गाडी चलाउदाँ जिल्ला प्रसासन कार्यालयबाट पास लिनुपर्ने प्रावाधान रहेको छ । त्यो प्राबधानलाई खिल्ली उडाउदै जनप्रतिनिधिहरु व्यापक दुरुपयोग गरिरहेको छ । श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षमा थोरै मात्रमा त्यो पनि पास लिएको हुन सक्छ । यता सरकारी गाडी विदाको दिन चलाएमा जरीवाना, गर्ने पक्राउ गर्ने कानूनी प्रबाधान रहेको छ । तर जन प्रतिनिधि भए के कस्ले के गर्न सक्छ साताको पदय वलबुतामा यसरी सरकारी गाडी दुरुपयोग गरिरहेको स्थानियहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१