Siraha Times
ताजा समाचार

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

  • कार्तिक २५, २०७७
  • १८८५ पटक पढिएको
  • रामएकवाल राम
alt

कार्तिक २५ । महोत्तरीको गौशाला नपा २ स्थित निगौलमा मोटरसाईकलले ठक्कर दिदा एक साईकल यात्रीको मूत्यु भएको छ । आईतवार दिउँसो गौशालाबाट सम्सी तर्फ तिब्रगतीमा जादै गरेको बिआर ३० एक्स ९२३२ नंम्बरको भारतीय मोटरसाईकलले सोही दिसाबाट साईकलमा सबार भई गईरहेको साईकल यात्री स्थानीय ४५ वर्षीय छोटु मुखियालाई निगौल मठ नजिक ठक्कर दिंदा निजको घटना स्थल मै मूत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ठक्कर पश्चात मोटरसाईकल चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि जलेश्वर पठाईएको र घटनाको अनुसन्धान सुरु गरेको ईप्रका गौशालाका प्रहरी निरिक्षक प्रकाश रेग्मीले जानकारी दिए । यो समाचार महोतरी पोस्ट बाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१