Siraha Times
ताजा समाचार

मारुती सिमेन्ट जग्गा प्रकरण: युवा र समाजिक अभियानीहरुले गरे मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन-सडकमै धर्ना जारी

  • कार्तिक २४, २०७७
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम  कर्तिक २४ गते । सिरहाका युवा र समाजिक अभियानीहरुले माग मुख्यमन्त्री लालवावु राउतले गरेको वाचा पुरा नगरेको भन्दै जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यलय अगाडी प्रदर्शण गरेको छ । सिरहाको गोलबजार नगरपालिका ९ मा करिब ९ बिघा जग्गा अतिक्रमण भएको भन्दै जनकपुरमा प्रदर्शन गरिएको छ । जग्गा वचाउ अभियानीहरुलाई मुख्यमन्त्री कार्यालय अगाडी केहि वेर धार्नामा वसे लगतै सुरक्षाकर्मीहरुले धार्नामा वसन नदिए पछि आज सोमवार जनकपुरधाम स्थित जनकचौकमा अनसनमा वसेको एक अभियानीले वताए । उहाँका अनुसार हाम्रो माग पुरा नहुनजेल सम्म अनसन जारी राख्ने वताउनु भयो ।

सरकारी जग्गा बचाऊँ अभियान संघर्ष समितिका पदाधिकारी र स्थानीयले जनकपुर आएर प्रदर्शन गरेका हुन् । उनीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि अनिश्चितकालीन धर्नाका लागि आएका थिए । तर, सुरक्षाकर्मीले रोकेपछि उनीहरूले सडकमै धर्ना र प्रदर्शन गरेका छन् । जनकपुर चुरोट कारखानामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकाले सिरहाबाट आएकाहरूलाई सुरक्षाकर्मीले त्यता दिएका छैनन् st।

प्रदर्शनकारीलाई रोक्न बिहानदेखि नै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ st। तर, प्रदर्शनका लागि सिरहाबाट आएकाहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएरै छाड्ने अडान लिएका छन् st। सुरक्षाकर्मीले रोकेपछि उनीहरू करिब ३ सय मिटर पर सडकमै धर्नामा बसेका छन् st। संघर्ष समितिका संयोजक चन्देश्वर पासवानले वनबुट्यान रहेको वनको जग्गा वनकै नाममा फिर्ता गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान आयोग २०५८ को निर्णय सार्वजनिक गर्नुपर्ने र भूमाफिया तथा तत्कालीन सुसस आयोगको सदस्य र जनप्रतिनिधि लगायत संलग्न दोषीलाई कारबाही गर्नुपर्ने तीन बुँदे माग लिएर मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना बस्न आफूहरू आएको बताएका छन् st।

उनका अनुसार करिब तीन बिघा वनको जग्गा मारुती सिमेन्ट उद्योगले पनि कब्जा गरेको छ । राजमार्ग छेउमै रहेको उक्त जग्गा करोडौंको छ । जग्गा अतिक्रमणमा जनप्रतिनिधि र प्रशासनको पनि हात छ । त्यसैले फिर्ता गराउन कसैले चासो देखाएका छैन ।मुख्यमन्त्री लालबाबु राउतले अतिक्रमित जग्गा फिर्ता गराउने आश्वासन दिए पनि चासो नदेखाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१