सिरहाको विष्णुपुर गाउँपालिकामा अनियमितता भएको स्थानीयको आरोप

  • कार्तिक १३, २०७७
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ , कार्तिक । सिरहाको बिष्णुपुर गाउँपालिकामा ब्यापक अनियमितता भैरहेको वडा नम्बर– १ का वडा अध्यक्ष गोपिन्द्र यादवले बताएका छन् । गाउँपालिकामा अनियमितता भएको भन्दै स्थानीयले पत्रकार सम्मेलनको आयोजना गरेका । कार्यपालिकामा समेत जनकारी नगराई मनोमानी ढंगले गाउँपालिका प्रमुखले पछिलो दिनहरुमा अनियमितताका बिभिन्न गतिबिधिहरु संचालन गर्दै आईरहेको उनको आरोप छ । वडा नम्बर – १ मा १६ वटा सार्बजनिक पोखरी छन् ,‘मलाई समेत जानकारी नदिई कौडीको भाउमा सो पोखरीहरु गाउँपालिका अध्यक्षले कार्यकर्ताहरुलाई दिएको सम्मेलनमा अध्यक्ष यादबले बताए । ’ बिभिन्न विकास निर्माणको कार्य देखि लिएर कर्मचारी भर्ना , शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले कार्यकर्ता भर्ति केन्द्र बनाएको उनले भने ।’ कुनै सुचना तथा जनकारी बिना गापा अध्यक्षले प्रक्रया बिना १२ जना शिक्षक र १९ जना कार्यालय सहयोगी न्युक्त गरेको , चौकिदार , सल्लहकार, पिए न्युक्ति लगायतमा ब्यापक अनियमितता गरेको उनले बताए । यस्ता गतिबिधी गाउँपालिकाले नसच्याएको खण्डमा जनताको साथ लिई आफु कडा आन्दोलनमा जाने उनले चेताबनी दिएका छन । यता सो बिषयमा गापा अध्यक्ष जोगेश्वर यादब संग पत्रकारहरुले बुझन खोज्दा हामी पत्रकार सम्मेलन गरेर सो बारेमा जनाकारी गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१