Siraha Times
ताजा समाचार

सिरहाको विष्णुपुर गाउँपालिकामा अनियमितता भएको स्थानीयको आरोप

  • कार्तिक १३, २०७७
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ , कार्तिक । सिरहाको बिष्णुपुर गाउँपालिकामा ब्यापक अनियमितता भैरहेको वडा नम्बर– १ का वडा अध्यक्ष गोपिन्द्र यादवले बताएका छन् । गाउँपालिकामा अनियमितता भएको भन्दै स्थानीयले पत्रकार सम्मेलनको आयोजना गरेका । कार्यपालिकामा समेत जनकारी नगराई मनोमानी ढंगले गाउँपालिका प्रमुखले पछिलो दिनहरुमा अनियमितताका बिभिन्न गतिबिधिहरु संचालन गर्दै आईरहेको उनको आरोप छ । वडा नम्बर – १ मा १६ वटा सार्बजनिक पोखरी छन् ,‘मलाई समेत जानकारी नदिई कौडीको भाउमा सो पोखरीहरु गाउँपालिका अध्यक्षले कार्यकर्ताहरुलाई दिएको सम्मेलनमा अध्यक्ष यादबले बताए । ’ बिभिन्न विकास निर्माणको कार्य देखि लिएर कर्मचारी भर्ना , शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले कार्यकर्ता भर्ति केन्द्र बनाएको उनले भने ।’ कुनै सुचना तथा जनकारी बिना गापा अध्यक्षले प्रक्रया बिना १२ जना शिक्षक र १९ जना कार्यालय सहयोगी न्युक्त गरेको , चौकिदार , सल्लहकार, पिए न्युक्ति लगायतमा ब्यापक अनियमितता गरेको उनले बताए । यस्ता गतिबिधी गाउँपालिकाले नसच्याएको खण्डमा जनताको साथ लिई आफु कडा आन्दोलनमा जाने उनले चेताबनी दिएका छन । यता सो बिषयमा गापा अध्यक्ष जोगेश्वर यादब संग पत्रकारहरुले बुझन खोज्दा हामी पत्रकार सम्मेलन गरेर सो बारेमा जनाकारी गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१