Siraha Times
ताजा समाचार

गोलबजारमा पक्कि नाला शिल्यान्यास

  • वैशाख १६, २०७५
  • ८७८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १६ बैशाख । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले शुक्रवार ६ नम्वर वडाको एक हजार मिटर लामो पक्कि नालाको शिल्यान्यास गरेको छ । बजारको दुवैतर्फ नाला निर्माण भएपछि सडकमै पानी जम्ने समस्या सामाधान हुने नगरप्रमुख देवनाथ साहले बताए । साहले बजारको विस्तारसँगै विकास निर्माणको काम पनि अगाडी बढ्ने बताउँदै प्राथमिकताका आधारमा विकास निर्माणका कामहरुलाई पनि अगाडी बढाउँदै जाने बताए ।

नगरपालिकाको मुख्य बजार क्षेत्रको उत्तरतर्फ बाँकी रहेको दुवै तर्फको ५÷५ सय मिटर लामो पक्कि नाला निर्माण महिना दिनभित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिएको पुर्वी नाला उपभोक्ता समितिका अध्यक्ष विजय साहले जनाए । गोलबजार नगरपालिकाको ६५ लाखको लागतमा निर्माण कार्य सुरु भएको समितिले जनाएको छ । सडकको दुवै पेटिमा पक्कि नाला निर्माणको लागि दुईवटा छुट्टाछुट्टै समिति निर्माण गरिएको छ । पश्चिम किनारको अध्यक्ष प्रतिप भण्डारी र पूर्वी किनारका अध्यक्ष विजय साह रहेका छन् । दुवैजना अध्याक्षहरुले समयमै काम सम्पन्न गर्ने जनाए । शिल्यान्यास कार्यक्रममा गोलबजार नगरपालिका वडा नं. ६ का अध्यक्ष बसन्त लामा र कार्यपालीका सदस्य उमेश बराल लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१