Siraha Times
ताजा समाचार

मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलित

  • कार्तिक २, २०७७
  • १४७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कात्तिक २ | धनुषाको मिथिला बिहारी नगरपालिका नगर प्रमुख अनिल यादवले कार्यपालिकाको निर्णय बिना एकलौटी कार्यक्रम अगाडि बढाएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन । नगर प्रमुख यादवले नगरपालिकाको खर्चमा साईकल बितरण कार्यक्रम गरि कोरोना माहामारीको समयमा अनावश्यक भिडभाड जम्मा गरी राजनीति कार्यक्रम आयोजना गरेकोप्रति घोर निन्दा गरिएको छ । आ.ब. २०७५।०७६ को बजेटले रु.२९९५५७३मा ४३०थान लेडिज साईकल खरिद गरिएकोमा २ बर्ष पछि कोरोना भाइरस संक्रमणको महामारीमा आईतवार कार्तिक २ , २०७७ मा “साईकल बितरण तथा शुभकामना अदान प्रदान कार्यक्रम“ कार्यपालिका निर्णय बिना नगर प्रमुखको एकलौटी आदेशले नगरपालिकाको खर्चमा साईकल बितरणको आडमा भिडभाड जम्मा गरि राजनीति कार्यक्रम आयोजना गरिएकोमा निन्दा गर्दै तानाशाही कार्यक्रम बहिष्कारको लागि सबै नगरबासीसंग अनुरोध गरिएको छ । नगरपालिकाका वडा नं. २ अध्यक्ष सुरेश मंडल , वडा नं. ३ अध्यक्ष कृष्ण कुमार बसन्त , वडा नं. ६ अध्यक्ष राम प्रकाश यादव , वडा नं. १० अध्यक्ष ललित नारायण झा , कार्यपालिका सदस्यहरु राम उदगार दास,उमेश कुमार साह, उर्मिला देवी महरा,रासो देवी , मदन ठाकुरले संयुतm रुपमा प्रेस विज्ञप्ति जारी गरि कार्यक्रम बहिस्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१