Siraha Times
ताजा समाचार

जनता डोमी चौधरी नमुना मावि (प्राविधिक) पोखरभिण्डा पर्सामा भ्रष्टाचारीको सिमा नागे : सरोकारबला मौन

प्रधानाध्यापक पशुपति साहले बिधालयलाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै स्थानीय द्धारा ब्यापक बिरोध

  • कार्तिक २, २०७७
  • २०१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको जनता डोमी चौधरी नमुना मावि (प्राविधिक) पोखरभिण्डा पर्साका प्रधानाध्यापक पशुपति साहले बिधालयलाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै ब्यापक बिरोध भएको छ । साहले व्यवस्थापन समितिको मिलोमतोमा आर्थिक चलखेल गरेको जसपाका युवाहरूले आरोप लगाएका छन । युवाहरूको अगुवाई गर्ने जसपा विधार्थी युनियन प्रदेश २ का उपाध्यक्ष चन्द्रशेखर यादवले प्रअ साह माथि त्यस्तो गम्भीर आरोप लगाएका छन । पत्रकार सम्मेलन गर्दै युवा नेता यादवले भने 'हाम्रा प्र.अ साहले विद्यालयको करिब अढाई कट्ठा जग्गा सुटुक्क एक स्थानीय व्यक्तिलाई नामसारी गरिदिएका छन । त्यसैगरी साहले २०७२ सालमा डिभिजन वन कार्यलय लहानबाट स्कुलको नाममा ल्याएको साल काठ ३२ दशमलव ३० क्युविक फिट स्कुलमा गायब गरेका छन् ।

output_uLKW40

०७५/०७६ मा शैक्षिक भवन निर्माणको लागि गाउँपालिकाले ९९ लाख ६९ हजार २६३ रुपैंया उपलब्ध गराएको थियो । तर भवन निर्माण पुरा नगरी प्रअ साहले अनियमितता गरेका छन् । यस्तै २०७५/०७६ मा विद्यालयमा साईकल स्ट्याण्ड बनाउदा स्कुलको पुराना समानहरु जसता, फलाम पचास हजार पनी खर्च नगरी प्रअ साहले २ लाख १४ हजार ९६ रुपैया खाएको आरोप युनियनको प्रदेश उपाध्यक्ष यादबले दावी गरे । उनका अनुसार २०७५/०७६ मा आइसिटी व्यवस्थापनका लागि आएको १९ लाख ३१ हजार ९११ रुपैया नक्कली विल भरपाइ मिलाएर निकासा गरेको खुलेको छ । रकम अनुसारको समान खरिद भएको छैन । टेवल बेञ्चको नाममा समेत लाखौं रकम अनियमिता गरिएको छ । प्राविधिकतर्फ भर्ना गर्दा प्रतिविधार्थी १ हजारको दरले उठाएको रकमको कुनै हिसाब छैन । विद्यार्थी भर्ना बापत उठेको रकमको प्रअ साह हिसाव दिन तयार नभएको स्थानीयको गुनासो छ । विद्यार्थीहरुसंग अनावश्यक तरिकाले उठाएको शुल्क शिक्षकहरुको खाजा बापतको रकम, गाउँपालिकाबाट कोचिङ संचालनका लागि आएको रकम र अन्य शिर्षकमा उठाएको रकम करिब २२ लाख रुपैया पनि प्रअ साह खाएका छन् । ‘प्रअ साहले विभिन्न शिर्षकमा विद्यालयको ठुलो रकम अनियमिता गरेका छन्’, युनियन प्रदेश २ का अध्यक्ष यादबले भने, ‘तर कुनै हिसाव सार्वजनिक गर्न मानेका छैन । उहाँमाथि छानविनका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१