Siraha Times
ताजा समाचार

चरित्र हत्या गर्ने आइटी कर्मचारीमाथि साईबर अपराध मुद्दा को तयारी

  • असोज २५, २०७७
  • १३३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । फेसबुक संजाल मार्फत नेपाल पत्रकार महासंघ सिरहाको कोषाध्यक्ष मनोज बनैता लाई चरित्र हत्या गर्न खोज्ने लाहान नगरपालिकाका आईटी अफिसर सन्जय साहमाथि मुद्दा दायर हुने भएको छ। साहले गलत ब्यक्तिको फोटो राखी पत्रकार मनोज बनैता हो भन्दै सामाजिक संजालमा भ्रम फैलाउने काम गरेको बताईएको छ । पत्रकार बनैता संग कुरा गर्दा " आईटी अफिसर साहले मेरो चरित्र हत्या गरेको हुनाले साईबर अपराध मुद्दाको तयारीमा छु" भनेका छन । उता नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं वरिष्ठ पत्रकार देवकुमार यादवले आईटी अफिसर बाट यस्तो गल्ती हुनु कार्यपालिका कै लागि लज्जास्पद कुरा हो भन्दै यस्ता क्रियाकलापको निन्दा समेत गरेका छन ।

केहि दिन देखि पत्रकार बनैताले जिल्ला विपद ब्यवस्थापन समिति को शिक्षा सम्बन्धिको निर्णय केहि निजी विधालयहरुले नमानेको भन्दै समाचार लेख्दै आएका छन । स्थानिय सरकारको फितलो अनुगमनको पर्दाफास गरिरहेकै बेला लाहान नगरपालिकामा दैनिक ज्यालादारीको रुपमा काम गर्ने सन्जय साहले भए नभएको फोटो पोस्ट गर्दै बनैतालाई निरुत्साहित गर्न खोजिएको बनैताका समकक्षी विजय यादवले बताए । साहले पोस्ट गरेको फोटो बनैताको नभई अन्य कुनै शिक्षकको हो भन्ने दावी यादवले गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१