Siraha Times
ताजा समाचार

अध्यक्ष साह ले दोहोरो मापदण्ड अनुसार निर्माण संर्चना भत्काईयो : पीडितको आरोप

अध्यक्ष साह ले बदनियत तरिकाले निर्माण भत्काएको पीडित शम्भु साहको: आरोप

  • असोज २४, २०७७
  • ९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ असोज-सिरहाको लहान नगर पालिका वडा नम्बर ११ का अध्यक्ष राज कुमार साहले बदनियत पुर्ण तरिकाले निर्माण संर्चना भत्काएको पीडितले आरोप लगाएका छन्। पडरिया चौक देखि सरस्वती गाउँको शिब चौक सम्म निर्माण हुन् लागेको ३०फिटको बाटाेमा एक नासको मापन नगरी दोहोरो मापदण्ड अनुसार नाप गरी पक्ष,पात गरेर निर्माण संर्चना बिगारीएको पीडित सजन साह ले बताए । लहान११ पिडरबोनी गाउँमा बिकासको गति ल्याउन सागुरो बाटोलाई फराकिलो र कालोपत्र गर्न अध्यक्ष साह ले घर र्मुलिलाई कुनै लिखित ठाेस सुचना नदिई एकासि आफ्नै मनमौजी,तरिकाले प्रहरीको संरक्षणमा डाेजर लगाएर स्थानीय सजन कुमार साह,श्रीलाल साह,जिबछ साह सम्भु साहको घर र घरको वाल भतकाएका छन्। करिब एक बर्ष अगाडि चौरी को बाटोमा कालोपत्र गरेका थिए।दोहोरो मापदण्ड अनुसार अध्यक्ष ले नाप गर्न लाग्दा पीडित पक्षले लहान नगरपालिकाका मेयर मुनि साह लाई सुझावको लागि ज्ञापन पत्र समेत बुझाएका थिए।वडा अध्यक्ष राज कुमार साह लहान नगरपालिकाको प्रबकाता समेत रहनु भएको छ्। साह लाई बाटो फराकिलो गर्ने क्रममा गाउँका युवाहरुले हात पात समेत गरेका थिए । यता साह ले आफु घर भत्काउनु भन्दा अगाडि सबैलाई अग्रिम जानकारी गराएको अध्यक्ष साह ले दाबी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१