Siraha Times
ताजा समाचार

विराटनगरमा पनि नागरिकता विधेयक फिर्ता लिन चर्को विरोध र प्रदर्सन

  • असार १०, २०७७
  • १११७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा,असार ९ गते ।प्रस्तावित नागरिकता विधेयक फिर्ता लिन माग गर्दै विराटनगरमा चर्को विरोद्य प्रर्दशन भएको छ । जनता समाजवादी पार्टी मोरङले सो विधेयक फिर्ता लिन माग गर्दै मङ्गलबार विराटनगरमा प्रदर्शन गरेको हो। पार्टीले नगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक चोकसम्म नागरिकता विधेयक खारेज गर, धार्मिक सांस्कृतिक सम्बन्ध बिर्गान पाईदैन, महिला माथिको विभेद अन्त्य गर, भ्रष्ट ओली सरकार राजीनामा दे, देश बेचुवालाई फासी दे, र नेकपा सचिवालयको निर्णय मुर्दावाद लगायतका नारा घन्काउदै प्ले कार्डसहित प्रर्दशन गरेको छ।

प्रर्दशन लगत्तै भएको कोणसभामा भने जनता समाजवादी पार्टी नेपालका क्रान्तिकारी युवा नेता राकेश रोशन यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, नगर कार्यवाहक अध्यक्ष मोहम्मद नसरुल, युवा जिल्ला अध्यक्ष मो. फैयाज, राजेन्द्र प्रसाद गुप्ता, मोहम्मद कादिर, भोगेन्द्र यादव, तबरेज हक, राधे कामत, श्री राम कामत, विद्यार्थी नेता कमल पोखरेल, महिला नेतृ कुन्ता राई र मोरङ जिल्लाका कान्छो वाडा अध्यक्ष असल आलम लगायतले प्रस्तावित नागरिकता विद्येयकको सम्बन्धमा चर्को आलोचना गर्नुभयो । साथै उनीले नागरिकता विधेयक पनि जलाएका छन्।

प्रतिक्रिया दिनुहोस

गोविन्दपुर मुस्लिम ट ...

ओम प्रकाश यादव, लहान असोज ७ । लहान नगरपालिका–१४ अन्तर्गतका गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर ...

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१