Siraha Times
ताजा समाचार

मिर्चैया चार बुँदे सहमति पश्चात बिडी कलेजको ताला खुल्यो

  • वैशाख ६, २०७५
  • २५६८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०६ बैशाख । ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयामा बिद्यार्थीहरुले लामो समयदेखि गरेको तालाबन्दी खुलेको छ । कलेज प्रशासन, बिद्यार्थी, स्थानिय सरकारबिच चार बुँदे सहमति भएपछि बिद्यार्थीहरुले आज (विहिवार) ताला खोलेका छन् । कलेजका निमित प्रमुख उमेश साहले शौक्षिक व्यबस्थापन, कलेज ब्यबस्थापन समिति गठन, स्टाप मिटिङ्ग गरी खाता संचालन गर्ने र लामो समयदेखि बन्द रहेको पठनपाठन नियमित सुचारु गर्ने प्रतिबद्धता गरेपछि बिद्यार्थीहरुले तालाबन्दी खोलेका हुन् ।

यसअघिका कलेज प्रमुख नियमित रुपमा पठनपाठन नगराएको, एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भबिष्यमाथी खेलबाड गरेको, कलेजको शैक्षिक, आर्थिक, प्रशासकिय क्षेत्रमा अनियमितता गरेको, बिषयगत शिक्षक बिना नै अध्ययन गर्न बाध्य बनाएको बिद्यार्थीहरुले आरोप लगाउदैै कलेजमा तालाबन्दी गरेको थियो ।

ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको संचालक समितिको २०७४ पुस १२ गतेको निर्णय अनुसार कलेज प्रमुख संजय कुमार साहले आर्थिक कारोबार ब्यबस्थापन समितिको निर्णय बिपरित मानोमानी ढंगले गरी आर्थिक अनियमितता गरेको, बिना बिज्ञापन आफ्नै अनुकुल शिक्षक भर्ना गरेको, आयब्याय पारदर्शी नगरी समितिको जानकारी बिना लेखापरिक्षण गराएको, कलेजमा कार्यरत कर्मचारीहरुलाई १६ महिनादेखि तलब उपलब्ध नगराएको, कलेजको भबन निर्माणका लागि आएको अनुदान रकम मनोपोली ढंगले खर्च गरेको, ब्यक्तिगत स्वार्थका लागि कलेजको सम्बन्धित निकायहरुमा फर्जी कागजातको प्रयोग गरेको भन्दै निज प्रमुख साहलाई कारबाही गरी उप–प्रध्यापक उमेश साहलाई निमित कलेज प्रमुख बनाएपछि प्रमुख संजय कुमार साहले दायर गरेको रिट निबेदन उच्च अदालत जनकपुर राजबिराज ईजलासले २०७४ चैत २५ गते खारेज गरेको कलेजले जनाएको छ ।

नियमित रुपमा पठनपाठनको माँग गर्दै गत माघ २४ गतेदेखि विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका थिए । लामो समयदेखि तालाबन्दी हुँदा कलेजमा अध्यनरत करीब ४ सय बिद्यार्थीको भबिष्य अन्धकारमा धकेलिएको थियो ।

मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबकोे अध्यक्षतामा भएको बैठकमा बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, कलेजका निमित प्रमुख उमेश साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्य, कलेजका संस्थापक अध्यक्ष हरीकिशोर महतो, बिद्यार्थी, स्थानियबासी, बुद्धिजिबी, शिक्षापे्रमी, राजनितिकर्मी लगायत बिभिन्न क्षेत्रका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१