Siraha Times
ताजा समाचार

कान्छो मेयर बरबरियाको देशमा मात्र होईन, बिदेशमा पनि चर्चा ( फोटो सहित )

  • वैशाख ५, २०७५
  • ८२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया,बैशाख ०५ गते । धनुषाको सहिदनगर नगरपालिकामा आज अमेरिकन राजदुतावासकी प्रवक्ता एण्डी डि अारमेन्ट शहिदनगर नगरपालिका पुगेरै मेयर उदय कुमार बरबरिया यादव संग नगरपालिका कार्यालय भित्र भेटघाट गरी बधाई तथा सुभकामना व्यक्त गरेकी छिन । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया नेपालमा मात्र नभई देश बिदेशमा आफनो कामले चर्चा पाउनुको साथ साथै बिदेशमा आफनो अलग पहिचान बनाउन सफल भएका छन ।करिब ४ महिना अगाडि नागरिक दैनिकको अंग्रेजी प्रकाशन रिपबलिक डेलीमा प्रकाशित समाचारबाट प्रभावित भएर अमेरिकन राजदुतावासकी प्रवक्ता निकै खुशी र प्रभावित भएर नगरपालिका कार्यालयमै आएकी छिन ।उक्त नगरपालिकामा मेयर,उपमेयर,वडा अध्यक्ष लगायत नगरपालिका परिवारले एन्डी डी आरमेन्टलाई सम्पुर्ण नगरपालिका टिमले भब्य स्वागत गरेका छन ।बिकासका काम,जनताका काम काजमा दिन रात एक गरी चर्चामा आएका साथै जनताको माया पाएरै मेयर पदमा निर्वाचित संगै बिकासमा जुटेर जनताको मन जित्न सफल हुनुभएको छ आगामी दिनमा पनि दिनरात एक गरेर जनताको काममा लाग्ने २४ घन्टा आफ्नो मोबाईल खुला रहने कुनै काम परे आफुलाई फोन गर्न समेत सबैलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१