लहानमा विद्यार्थीहरुको मोटिभेटर कार्यक्रम सप्पन्न

  • माघ २२, २०७६
  • ६९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २१ , माघ । सिरहको लहानमा आज सिस्टम ,सेक्सेस र ह्यापिनेस बिषयमा एक दिने कलेज मोटिभेटर कार्यक्रम सम्पन्न भएको छ । लहानको माडबाडि सेवा सदनमा भएको कार्यक्रममा बिधार्थीको रुचि चाहना अनुसारको अध्यापन गर्ने बिषयमा ब्यापक रुपमा बिधार्थी , प्रिन्सिपल लगायत आयोजक निष्ट कलेज काठमाण्डौका शिक्षकहरुको बिचमा बिषेश रुपले छलफल भएको आयोजकले जनाएको छ । कक्षा १० को बिद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा निष्ट कलेजको तर्फबाट प्रशिक्षक एवम् मोटिभेटर सिमोन न्यौपानले बिधार्थीहरुलाई पढाईको क्रममा तनाब न्युनिकरण गर्नका लागी बिभिन्न बिधिबारे जानकारी गराएको आयोजक निष्ट फाउन्डेशनका एजुकेशनल कन्सलटेन्ट राजकुमार गुप्ताले जनाए । लहानको मनकामना एजुकेशनल एकेडेमीका प्रिन्सिपल उमेश यादवको अध्यक्षतामा संचालित कार्यक्रममा गोल्डेन गेटस् ईङ्गलिस बोर्डिङ्ग स्कुल लहान , सारदा ईङ्गलिस बोर्डिङ्ग स्कुल लहान , शिवम रेन्बो , संकल्प वाटिका लगायत करिब लहानका १० वटा स्कुलको बिधार्थीको सहभागितामा सो कार्य्रक्रम भएको थियो । बिधार्थीको चाहना अनुसारको शंकायमा भर्ना गराएमा बिद्यार्थीहरु पढाई प्रति आकर्षित हुनुको साथै ऊनीहरुको रुचि बढ्नेमा कुनै शंका नरहनेमा जोड दिईएको थियो । समाजमा व्यापक रुपमा अभिभावकहरुको करले विद्यार्थी पढ्ने गरेकोले त्यस्ता शिक्षाले परिवार ,समाज र देश विकासका लागी प्रभावकारी नहुने कार्यक्रममा बोल्ने अधिकान्स बक्ताहरुले भनेका थिए । सन १९९३ मा स्थापना भएको निष्ट कलेज नेपालभरीमा बिज्ञान शंकायमा उत्कृष्ट घोषणा हुनुका साथै हजार भन्दा बढी डाक्टर , ईन्जिनिर, सय भन्दा बढी सिए लगायतका समाजका प्रतिष्ठित ब्यक्तिहरु उत्पादन गरेको कलेज श्रोतले जनाए । छात्रबृति कार्यक्रममा सबैभन्दा बढी बिद्यार्थीलाई सहभागी गराउने दाबी गर्दै यस कलेजले चैत्र १८ गते लहानमा छात्रबृति परिक्षा संचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

वर्ल्ड भिजनद्वारा पश ...

रहमुल, लहान २१ माघ । मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनको आयोजनामा ...

युट्युबर र सञ्चारकर् ...

बिरेन्द्र प्रसाद नेपाल लहान मघ २१ । देशमा बढ्दो बेरोजगारीका कारण पछिल्लो समय धेरै युवाहरू वैकल्पिक प ...

लहानमा जसपा नेपालको ...

ओम प्रकाश यादव लहान, २१ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विस्तारित बैठक लहानमा सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१