Siraha Times
ताजा समाचार

बिपन्न एक परिवारलाई ,बिहेका लागि आर्थिक सहयोग

  • माघ १८, २०७६
  • ११५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान , १८ माघ । सिरहाको औरही गाउँपालिका वडा नम्बर - २ बस्ने २१ बर्षिय रिंकु साफीको बिहेका लागि खाडीमुलुकमा पसिना बगाईरहेको नेपाली युवाहरुको एक समुहले आर्थिक सहयोग गरेको छ । `मानवसेवा नै बास्तबिक धर्म हो ´भन्ने उदेश्यका साथ निश्वार्थ रुपमा कामकाज गर्दै आईरहेको सो ग्रुपले नगद नेपाली रु २५ हजार लगायत लत्ताकपडा समेत सहयोग गरेको जनाए । रिंकु साफि लगायत ४ छोरी र २ छोरा गरि जम्मा ६ वटा सन्तान आफुलाई रहेको उनकी वुवा नेति साफिले बताए ।
सबैभन्दा जेठी छोरीको बिवाहका लागि ग्रुपले सहयोग गरेकोमा हर्शित हुँदै उनले भने दहेज लिनु र दिनु कानुनी अपराध हो बिना दहेजको नमुना रुपमा छोरी बिहे गरे ´ , आफू लाई दहेज दिने क्षमता पनि छैन, ´गरिब र बिमारी छु छोरा छोरीहरु सानो छ´ बच्चाहरुको पढाई लेखाईको लागि पनि सहयोगी हातहरुको अपेक्षा गरेको उनले बताए । आर्थिक अबस्था कमजोर रहेको नेति साफी बिरामी भएको कारण रिंकुको बिहेमा रहत स्वरुप नगद सहयोग गरेको ग्रुपले जनाए । रिंकुको माघ १७ गते शुक्रबार सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर - ८ बस्ने जय साफी संग समाजिक परम्परा अनुसार बिबाह भएको थियोे ।
दलित समुदाय अन्तर्गत धोबी जातिहरुले रजक सेवा समाज ग्रुप स्थापना गरि सो जातिको गरिब , असहायहरुलाई बारम्बार सहयोग गर्दै आईरहेको ग्रुपका प्रतिनिधि हरेराम साफिले जानकारी दिए । मलेशिया, साउदी लगायत खाडी मुलुक गएका दलित जाती अन्तर्गत धोबी समुदायका युवाहरुले रजक सेवा समाज ग्रुप चलाईरहेको छ । नेपाल, भारतका धोबी समुदायका पिडितहरुलाई ग्रुपले बारम्बार सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१