Siraha Times
ताजा समाचार

किसान केन्दृत बैंक बनाउन मेयरको आग्रह , सिरहाको दुई ठाउँमा एकै साथ सिद्धार्थ बैंकको समुदघाट्न

  • पुस ७, २०७६
  • ८६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा लहान ७, पौष किसान केन्द्रित बैंक बनाउन गोलबजार नगरपालिकाका नगर प्रमुख देबनाथ साहले आग्रह गरेका छन । सिरहाको गोलवजारमा आज सिद्धार्थ बैंकको समुदघाटन गर्दै नगर प्रमुख साहले भने स्थायी कर्मचारी , ठुल - ठुला ब्यपारी मुखी मात्र अधिकान्स बैंकहरु रहेकोले सानो भन्दा सानो किसानमुखी बैंक बनाउन उनले आग्रह गरे । किसानहरुको जिबनस्तर उकास्नको लागि किसानहरुलाई कम ब्याजमा ऋण प्रवाह गर्न आग्रह गर्दै उनले भने किसानहरुलाई ऋण दिएर व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न बैंक प्रेरित गरेमा नगरपालिकाबाट गर्ने सहयोगमा आफू पछि नपर्ने प्रतिबद्धता गरे । गोलबजारमा सिद्धार्थ बैंकको शाखा खुलेकोमा आफू खुशी छु भन्दै मेयर साहले भने नगर क्षेत्रभित्र रहेको सम्पुर्ण बैंकलाई नगरपालिकामा एक दिनको छलफलमा बोलाई किसान केन्द्रित प्याकेज ल्याउन गोलबजारमा रहेका सबै बैंकहरु आग्रह गर्ने आफ्नो योजना रहेको बताए । बित्तीय बजारमा आफ्नो छुट्टै पहिचान बोकेको सिद्धार्थ बैंक लिमिटेडको प्रदेश नम्बर २ का प्रदेश प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताएका छन । यस बैंकमा सबै बैंकको चेक डिपोजिट गर्न सकिने भएकाले आम समुदायलाई खाता खोल्न प्रमुख तिमिल्सिनाले आग्रह गरेका छन । नेपाल रास्ट्र बैंकबाट क वर्गको सिद्धार्थ बैंक ईजाजत प्राप्त बैंक भएकोले बैंकले समय अनुकूलको प्याकेज ल्यानेगरेको बताए । बैंकका गोलबजार शाखा प्रमुख शिवकुमार यादवको अध्यक्षतामा संचालित कार्यक्रममा गोलबजारका वडा अध्यक्षहरु , गोलबजार ब्यापार संघ, उधोग वाणिज्य संघका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । यसैबीच लहान शाखाको पनि आजै उदघाट्न भएको छ । लहान नगरपालिकाका मेयर मुन्नी साह सुडिको प्रमुख आतिथ्य र प्रदेश सभाका लागी सिरहा क्षेत्र नम्बर १ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको बिशिस्ट आतिथ्यमा समुदघाट्न भएको हो । आज देखि यस बैंकले १७ औं बर्ष पुरा गरी १८ औं बर्षमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१