Siraha Times
ताजा समाचार

घरबाट निस्किएका पासमान,खेतबाट गायब

  • चैत २८, २०७४
  • ६७१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, २८ चैत्त । सिरहाको विष्णपुर १ गौरीपुर निवासी एक बृद्ध घरबाट विहान आफ्नो खेतमा काम गर्न गएपछि गायब भएका छन् । आज ( चैत्त २८ गते) घरबाट विहान साढे सात बजे खेत पुगेका बर्ष ६० का लक्ष्मण पासमान अबेर रातीसम्म घर नफर्किदा गाउंमा हंगामा मचिएको छ । विष्णुपुर १ का वडाध्यक्ष गोपेन यादवका अनुसार निज पासमानलाई आज दिनभरी उनका परिवार र गाउंले खोजतलास गरेपनि हालसम्म फेला नपरेको बताएका छन् । एक स्रोतका अनुसार पासमानले काम गर्न गएको खेतको छेउमा पोखरी रहेको छ । तर, स्थानीयहरुले पोखरीमा समेत खोजतलास गर्दा उनी फेला नपरेको बताएका छन् । घर परिवारमा कुनै किसिमको विवाद समेत नभएको स्थानीयहरुको भनाई छ । पासमान काम गर्दा गर्दै गायब भएकोले गाउंभरी हंगामा मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१