Siraha Times
ताजा समाचार

सिरहामा अनौठो जनावर फेला : गाउँलेको घुइँचो

  • मंसिर १२, २०७६
  • १७५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा १२ मंसिर - सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ। सिरहाको सुखीपुर नगरपालिका १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्। जनावर हेर्न स्थानीयहरुको भिड लागेका छन् । झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभएको र नियालेर हेर्दा भालु प्रजाति जस्तो देखिन्छ । रौँ हेर्दा गोही जस्तो देखिन्छ । तर यो जिव भालु र गोही मध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो । हेर्न जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा नेता सरोज यादवले जानकारी गराउनुभयो । जनावर ईलाका प्रहरी कार्यालय सुखीपुरको जिम्मा लगाएको यशलाई हामी समयमै बन्यजन्तु केन्द्रमा पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१