सिरहा प्रहरी खोतल्दै लागूऔषधसहित प्रयोग कर्ता : पुन्ह दुई युवा पक्राउ

  • मंसिर ११, २०७६
  • १०७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा,१०मंसिर - सिरहाको दक्षिण बर्ती सिमा बर्ती क्षेत्रमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका ५ लालपुर बाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन। सिरहाको ठाडी भन्सार र इनर्वा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लुकाई छिपाई गरि नेपाल भित्रीयाई रहेको अबस्थामा दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा. ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ बर्शिय सन्जय कुमार यादव को साथबाट प्रतिबन्धित लागु औषध डाइलेक्स डि सि – १५ बोतल , डाइजिल्याप -१८ एम्पुल , र्प्रोमे थिन हाइड्रइड -१८ एम्पुल, नोरफिन-१९ पिस र नाइट्रोभेट -३० पिस लागुऔषध सहित पक्राउ गरेका छन । पक्राउ परेका दुबै जना र मोटरसाइकल कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय लहान मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाको सूचना अधिकारी अपिल राज बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१