सिरहाको किसानलाई लछित गरि २ दिने तालिम सुरु

  • मंसिर २, २०७६
  • ८१३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा २ मंसिर । सिरहाको किसानहरुलाई मध्यनजर गर्दै २ दिने तालिम सिरहाको लहान नगररपालिका ११ स्थित २ दिने विउ विजन सम्बन्धी घुम्ती स्थलगत तालिम सुरु भएको छ । किसानहरुको अनबालीमा उपज ल्याउन र किसानहरुको सहि तौर ज्ञान् दिन यो तालिमको आयोजना गरेको थियो । गुणस्तरीय विउविजन कसरी राख्ने र त्यो राखेको विउलाई कसरी जोगाउनने विउ कसरी चिन्ने जस्ता तालिमको उद्देश्य रहेको आयोजकले। स्थानीय सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ को समन्वय तथा प्रदेश नम्बर २ मा रहेको बीउ बिजन प्रयोगशाला जलेश्वर महोतरीको आयोजनामा सो तालिम सुरु भएको हो । लहान नगरपालिका ११ का वडा अध्यक्ष राज कुमार साहको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको अतिथिहरुमा विउ विजन प्रयोगशाला जलेश्वर महोतरीका निमिति प्रमुख श्रीप्रसाद यादव फरवार्ड नेपालको जिल्ला संयोजक सुदर्शन विष्ट वागवानी अधिकृत विजय कुमार साह, संचारकर्मीहरु लगायतका अतिहिरुले मन्तव्य दिनु भएको थियो । सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ का अध्यक्ष सागर चौधरीको अध्यक्षतामा संचालित उक्त तालिममा सलहेश फुलवारी कृषक समुहमा आवद्ध २७ जना कृषकहरुको तालिममा सहभागीता रहेको अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा मेयर चौधरीद्व ...

ओम प्रकाश यादव लहान, ७ कात्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर २१ अन्तर्गत कलाबञ्जर र बेतहा गाउँक ...

कृष्णानगरमा नागरिकको ...

कृष्णनगर, कपिलवस्तु, कार्तिक ७ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वे ...

दिपावली,भाइ टिका, छठ ...

रहमुल लहान ५ कार्तिक । दीपावली, भाइ टिका, छठ र सामाचकेवा नेपाल र भारतको संस्कृति र परम्परामा गह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१